spot_img

लुम्बिनी केवलकारमा मातातीर्थ औंसीको दिन पचास प्रतिशत छुट

लुम्बिनी केबलकारको विषेश छुट अफर”

मातातीर्थ औंसीको दिन पचास प्रतिशत छुट

बुटवल वैशाख -२५

मातातीर्थ औसीको अवशरमा लम्बिनी केवलकार लिमिटेडले ६० वर्ष भन्दा माथिका आमाहरुलाई सम्मान स्वरुप ५० प्रतिशत छुट दिने भएको छ। यही वैशाख २६ गते मातातीर्थ औशीको दिन एक दिनको लागि छुट दिन लागिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको हो ।

मातातीर्थ औसीलाई विषेश पर्वको रुपमा लिने गरिन्छ। आमा भन्दा ठुलो तिर्थ र व्रत केही हुदैन भन्ने मान्यताका साथ हरेक वर्ष वैशाख कृष्ण औसीका दिन मातातीर्थ औसी मनाउने गरिन्छ ।

हरेक आमाको त्याग, तपस्या र बलिदानबाट नै सृष्टिले निरन्तरता पाउने विश्व, ब्रमाण्डिय सत्यता लाई मध्यनजर गरेर सम्पूर्ण माताहरुलाई सम्मान स्वरुप मातातीर्थ औंसीको दिन ५० प्रतिशत छुट दिन लागिएको लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो। नेपालीहरुको वैदिक सनातन मान्यतामा मातृदेवो भव, माता भवंतु संमना, आपदि मातेव शरणम् रहेकोले मातातीर्थ औसी नेपालीहरुको अत्यन्तै पवित्र पर्वको रुपमा रहेकोले मातातीर्थ औसीको दिन माताहरुलाई विशेष छुटको व्यवस्था गरिएको अपरेशन म्यानेजर कायस्थले बताउनु भयो ।

यस अघि पनि विभिन्न अवशरहरुमा केबलकारले विशेष अफरहरु दिदै आइरहेको र भविष्यमा पनि यस्तै अन्य अफर हरु दिदै जाने लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । अहिले पनि केबलकारले विभिन्न प्रकारका अफरहरु दिने गरेको र ती मध्ये ८० वर्ष माथिको जेष्ठ नागरिकहरु र तीन फूट सम्मको उचाई भएका बालबालिकाहरु लाई केवलकार सेवा निल्क रहेको, ७० देखि ८० वर्षका नागरिकहरु र विर्यार्थीहरु लाई २५ प्रतिशत छुटको साथै स्थानीयहरुलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको घिमिरेले बताउनु भयो। स्थानीयको रुपमा केबलकार आयोजनाको तल्लो स्टेशन बुटवल उपमहानगरपालिका वडा नं ३ र माथिल्लो स्टेशन पाल्पा तिनाउ गाउँपालिका वडा नं.-३ रहेको छ।

लुम्बिनी केबलकार लिमिटेडको बुटवल उपमहानगरपालिका वडा नं. ३ रुपन्देहीमा बटम स्टेशन र पाल्पा तिनाउ गाउँपालिका वडा नं.३ बशन्तपुर डाडामा टप स्टेशन रहेको छ। बुटवल बाट १२ मिनेट केवलकारको यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ भने केवलकारको माथिल्लो स्टेशनमा नेपालमा एक मात्र शक्तिपिठ कामाख्या देवीको मन्दिर रहेको छ ।

केवलकारको यात्रा बाट बुटवल शहर, सिद्धवाया धाम, तराई, पहाड हरियाली वन जंगल एवं उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखी दक्षीण तर्फ नेपालको गौतमस्थल बिमानस्थलका साथै भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ। लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।

गर्मीयामको शुरुवात संगसगै शितलताको लागि दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल हुदै केवलकारको माध्यमवाट तिनाउ ३ पाल्पा बशन्तप्र पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहवाट झण्डै ३ हजार फिटको उचाईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा झण्डै १० डिग्रीको तापक्रममा फरक हुने गरेको पाईएको छ। लुम्बिनी केबलकारको यात्रामा नेपालको विभिन्न स्थानहरुबाट र भारतको उत्तर प्रदेश तथा विभिन्न अन्य राज्यहरु बाट दैनिक संयौको संख्यामा यात्रुहरु आउने गरेको र लुम्बिनी केबलकार भारतीय पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा रहेको केवलकार कम्पनीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर