spot_img

सबै पाच्य बोल्ला कि नबोल्ला। वर्षाको उर्लाहट वा यमुनाको मधुरता बोल्ला।

त्रिभुवन न्युपाने कालिगण्डकी ५ स्याङ्जा

तर हे मुख त बोल्दै नबोल।
हे कलम तँ आविष्कार बोल ।निस्काम बोल ।
मेरो पनि बोल्न रहेको बोल।

यतिवेरसम्म म बोलेँ कस्ले सुन्यो ?
के उपलब्धि मिल्यो?
फगत,फगत ।
हो यसैले मौन हुन दे मलाई
तैँ बोल,मेरो पनि बोल।

सृष्टि बोल
स्थिति बोल
लय बोल

जे सुकै बोल
ए कलम अब तैँ बोल।

अन्याय हुँदा न्याय बोल।
जडता भिन्न रस बोल।

विपत्तिमा सम्पत् बोल।
मैले बोल्न खोजेका मात्र हैन
तैले भन्न पर्ने बोल।

अस्थिरता मा स्थिरता बोल।
अकारण मा कारण बोल ।
नवीन दीपशिंखा बनेर बोल।

हिलोमा कमल हुन्छ भन्ने बोल
शून्यमा शिव बोल
शिवमा सत्य बोल

गुणभित्र दोष बोल
दोषभित्र गुण बोल

पहिले मृत्यु बोल।
अनि बल्ल जीवन बोल।

नङ् र मासु मात्र हैन
अस्थिपुञ्ज अनि प्राणवायु बोल।

दुखेसो हैन सुखेसो बोल।

चिच्चाहट ।
झन्झट
सङ्कटको निर्मुलता बोल।

ए कलम त उत्कर्ष बोल।
रङ्गीन र रङ्गहीन सर्वस्व बोल।

आदर्शको खोलभित्र भएको विकार पन्छाएर बोल।
अर्थहीन रीतिलाई जेलभित्र कोचेर बोल।

सहज हैन असहज
असहज हैन सरस
सरस मात्र हैन सत् बोल

निष्कर्ष बोल
निसन्देह बोल

ए हात तँ न थाक
अपकर्षका कारण बोल
नित्यानित्य दुवै बोल

बेकम्मा पर्खाल भत्काएर बोल।
चुर भएर बोल चुरे बोल।
केही भिन्न बोल
छिन्न भिन्न बनाएरै बोल

अनुपलब्धि का दायरा तोडेर बोल
ए कलम् त मनमस्तिष्क भएर
आत्माको बोल।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर