spot_img

लुम्बिनी केवल कार माँ कामाख्याको सन्ध्या आरतीमा उत्साहजनक सहभागिता |

 

बिजय घिमिरे

बुटवल जेठ -१

लुम्बिनी केबलकारको टप स्टेशन तिनाउ ३ बशन्तपुर पाल्पामा जेठ १ गतेदेखि मासिक रुपमा सञ्चालन भएको माँ कामाख्या सन्ध्या महाआरतीमा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको छ । सन्ध्या महाआरतीको दर्शनको लागि संयौको सख्यामा भक्तजनहरु सहभागि भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

सन्ध्या आरतीमा सहभागी हुनेहरुमा स्थानीयहरुको संख्या उल्लेख रहेको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । स्थानीय बुटवल उपमहानगरपालिकाका साथै वडा नं. ३ का विभिन्न संघ सस्था, आमा समूह स्वत स्फुत रुपमा सन्ध्या महाआरती तथा भजन क्रितनमा सहभागी भएको म्यानेजर घिमिरेले बताउनु भयो ।

सन्ध्या महाआरतीमा सहभागी बमघाट टोल विकाश सस्थाका अध्यक्ष यम बहादुर टण्डनले माँ कामाख्या मन्दिर र लुम्बिनी केबलकारले यस क्षेत्रको शोभा बढाएको बताउनु भयो। बुटवल-३ गोलपार्क निवासी शिव भट्टराईले विकट ठाउँमा आएर अर्कैको लगानी गरेर यस क्षेत्रको पहिचान बनाईदिएकोमा लुम्बिनी केबलकार प्रति आभार व्यक्त गर्दै आएको र अन्य जिल्लाहरुबाट केबलकार तथा माँ कामाख्याको दर्शनको लागि आउने यात्रुहरु अल्मलिएको अवस्थामा आफ्‌नै मोटरसाईकलमा राखेर केबलकार सम्म पु-याउने गरेको बताउनु भयो। राधे परिवार बुटवल-३ का अध्यक्ष सीता पहाडीले माँ कामाख्या मन्दिर र लुम्बिनी केबलकार आज क्षेत्रको लागि आफ्‌नै घर भन्दा पनि गौरवको विषय बनेको बताउनु भयो। यस्तै बमघाट आमा समूहका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार रहनु भएको पार्वती पन्थीले पहिला पहिरोको मुख क्षेत्र भनेर चिनिने बमघाट आज केबलकारको क्षेत्र भनेर चिनाउन पाउदा खुशी लागेको बताउनु भयो ।

माँ कामाख्याको मन्दिर तिनाउ ३ पाल्पा बशन्तपुरमा अवस्थित रहेको छ । अब प्रत्येक महिनाको १ गते माँ कामाख्याको मन्दिरमा सन्ध्या दिव्य महाआरती हुने

र महाआरतीमा सहभागी हुने दर्शनार्थीलाई पचास प्रतिशत टिकटमा छुट प्रदान गरिने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर