spot_img

सानो उमेर ठूलो सोच अनि कलिलो हात को दरिलो हिम्मत ,सैनामैना डान्सिङ स्टार 2024 ” लिँदै उनी

 

बिजय घिमिरे

बुटवल जेष्ठ २

उमेरले सानो भएता पनि आँट र हिम्मत भने ठूलो लिएर हिँड्छन् । यति सानो उमेरमा मा पनि खुट्टा तान्ने २-४ जना होलान् तर ताली बजाउने धेरै छन् ।
उनी हुन रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड नं ६ मा बसोबास गर्ने वर्ष १६ को सुमित भट्टराई। उनलाई पहिला मान्छे सानो छ केही गर्न सक्दैन भन्दै गिज्याउने गर्थे तर उनी अहिले उदाहरणको पात्र बनेका छन्। केही बन्नलाई अनि केही गर्नको लागि उमेरले छेक्दैन भने स्पष्ट पारेका छन्। गीत संगीत लाई माया गर्ने सुमित भट्टर्राई अहिले विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । उनले आफूले मात्र नभई अन्य नव कलाकार लाई पनि स्थान दिने गरेका छन् । उनी भर्खर मात्र १० क्लास मा पढ्दै आएका छन् जति पढाइ मा निरन्तरता छ उत्ती नैं उनको गीत संगीत प्रति माया र लगाब पनि रहेको छ । उनले यो १६ बर्ष को उमेर मा नै सफलता पाई उदाहरणीय बनेका छन् । उनी गाउँ समाज र विद्यालय क्षेत्र मा गीत गाउने र दर्सक लाई नचाउने गर्छन् । त्यति मात्र न भई उनी भारत को विभिन्न क्षेत्र मा कार्यक्रम गर्दै दर्सक लाई नचाउँदै गाउँदै आइरहेका छन् ।
उनको यो संगीत प्रति माया र लगाब देखेर उनलाई अहिले साथ सहयोग दिने व्यती हरु धेरै बढेका छन् । भनिन्छ ” त आँट म पुराउँछु ” भने जस्तै सुरुवाती क्षणमा उनको खुट्टा तान्ने धेरै थिए तर वर्तमानको समयमा हेर्नुपर्दा अहिले उनी एक उदाहरणीय पात्र बन्न पुगेका छन्। उनलाई विद्यालयमा शिक्षक लगायत सम्पूर्ण साथीभाईहरुले पनि निकै नै साथ सहयोग सहित माया र हौसला प्रदान गर्ने गर्छन् । र विगतका दिनमा सफलता प्राप्ति भए सँगसँगै अहिले उनी केही नयाँ अनि फरक लिएर आउने क्रममा छन्। ” सैनामैना डान्सिङ स्टार 2024 ” लिएर उनी सैनामैना मा रहेका नव प्रतिभाहरूलाई पनि फेरि स्थान दिने सोचमा छन्।
उनी भन्छन्, उमेर ले फरक पार्दैन मान्छे लाई भोगाइ र सिकाइ ले परिपक्क बनाउँछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर