सैनामैना क्षेत्रमा गीत गाउने र नाच्ने कला भएका धेरै विद्यार्थी भेटिए ।रुपन्देही जिल्लाको सैनामैना नगरपालिका मा हाल अहिले सैनामैना सिंगिङ एण्ड डान्सिङ स्टार सिजन टु चल्ने क्रममा छ। र विगत केही दिनदेखि सैनामैना भित्रमा रहेका विभिन्न विद्यालयमा अडिसन चलिरहेको छ। अडिसन चल्दै गर्दा सैनामैना भित्र धेरै बालबालिकाहरूमा लुकेको प्रतिभा प्रस्तुत गर्ने सुनौलो अवसर पाएका छन् भने प्रतिस्पर्धी अर्थात् कला गला ले भरिएको धेरै विद्यार्थी भेटिएका छन्। आफूभित्र लुकेको कला र क्षमताको पहिचान गर्ने उद्देश्यले sainmaina singing and dancing star season 2 राखिएको बताइएको छ । विगतका दिनमा सयौं कार्यक्रम सकेर र साथै हजारौं विद्यार्थीलाई दक्ष अनि सफल बनाउन सफल एस के स्टाइल क्रिएसनको आयोजनामा गरिएको कार्यक्रम सैनामैनामा पनि एकदमै प्रभावकारी भएको बताइएको छ। विभिन्न विद्यालयमा कार्यक्रम गर्ने क्रममा त्यहाँका शिक्षकहरूले विद्यार्थीको लागि राम्रो अवसर हो यसलाई प्रस्तुत गर्नुपर्छ भन्ने बताइएको छ। विगतका दिनमा केही वर्षअगाडि सिजन वान सफल पारी अहिलेको समयमा सिजन टु एसके स्टाइल क्रिएसन को आयोजना र एमबी प्रोडक्सनको आयोजनामा गरिएको थियो।



