spot_img

लुम्बिनी प्रदेशमै पहिलो शुद्धोधन गापामा अनलाइन प्रणालीबाट सेवाको शुभारम्भ

लुम्बिनी प्रदेशमै पहिलो शुद्धोधन गापामा अनलाइन प्रणालीबाट सेवाको शुभारम्भ

रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मानपकडीको आयोजनामा ई-सिफारिस, न्यायिक व्यवस्थापन प्रणाली र गाउँपालिकाको प्रतीक चिन्ह शुभारम्भ कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।लुम्बिनी प्रदेशमै पहिलो शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने कार्यको  शुभारम्भ भएको छ।धेरै समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरु लिदा भोगिरहेको समस्यबाट मुक्त हुने बाटो बिहीबारदेखि खुलेको छ।शुद्बोधन गाउँपालिकामा अब घरै बसेर गाउँ पालिकाका सबै सेवा लिन सकिने भएको छ । अब कुनै कामका लागी वडा कार्यालय र गाउपालिका पुगेर लाइन बस्नु पर्ने बाध्यता हटेको छ।गाउँपालिकाले सेवाग्राहीको सहजीकरणको लागि स्मार्ट मोबाईल एप्स नामकबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने  भएको छ।सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ,वडाका अध्यक्ष वडा सचिव र कर्मचारीलाई प्रारम्भिक चरणको तालिम समेत प्रदान गरिएको छ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले लुम्बिनी प्रदेशमै पहिलोपटक  शुद्धोधन गाउँपालिकाले अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने कार्यको  शुभारम्भ भएकोमा पालिकाका सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी हरलाई धन्यवाद तथा शुभकामना दिदै ।बाट नया कामको सुरुवात भयको भन्दै सेवा घरमै बसेर लिन गाउपालिका बासिलाइ आग्रह गर्नु भयो ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यालयमा एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ-सिफारिस सेवाले हाल भैरहेको ढिलासुस्तीको  अन्त्य गर्ने र सो पालिकावासीलाई अधिकतम्  सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवाकाे  शुभारम्भ गरिएको बताउनुभयो ।शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीयअधिकृत विष्णु घर्तीले जनतामा  सेवा प्रवाह गर्ने  कर्मचारी तथा जनप्रतिनिधि हरु प्रविधिलाई अघाल्दै जानुपर्ने धेरै आवश्यकता रहेको बताउनुभयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर