spot_img

चक्कु प्रहारबाट घाइते भएका युवाको मृत्यु

चक्कु प्रहारबाट घाइते भएका युवाको मृत्यु
दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको हो।

उनलाई उपचारका लागि भारतको लखनउमा लगिएकोमा बुधबार बेलुकी मृत्यु भएको हो। उनको शव आज स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार तुलसीपुर उपमहानगर वडा नम्बर ४ गोटीखोलाका २१ वर्षीय पदम केसीले बुधबार मध्यराति खड्कामाथि ढाडमा चक्कु प्रहार गरेका थिए। घाइते खड्कालाई उपचारका लागि राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो।

तुलसीपुरमा उपचार सम्भव नभएपछि राति नै बाँकेस्थित नर्सिङ कलेजमा रिफर गरिएको थियो। त्यहाँबाट उनलाई बुधबार बिहान थप उपचारका लागि भारतको लखनउ लगिएको थियो। उपचारका क्रममा बुधबार बेलुकी ७ बजेतिर लखनउमा उनको मृत्यु भएको आफन्तहरूले बताएका छन्।

चक्कु प्रहार घटनामा संलग्न पदमका साथै १८ वर्षीय मक्लु वली पनि पक्राउ परेका छन्। मदिरा सेवन गरेका उनीहरूबीच सामान्य कुरामा भनाभन हुँदा सो घटना भएको प्रहरीले जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर