spot_img

भारतीय  (RSS) संगठन नेपालको लागि किन घातक छ

भारतीय  (RSS) संगठन नेपालको लागि किन घातक छ ?

भारतीय राजनीतिमा आरएसएस (RSS) को निकै ठूलो भुमिका रहेको छ । झट्ट हेर्दा यो कुनै राजनैतिक दल जस्तो नदेखिएपनि भारतको मुख्य राजनीति लाई धक्का दिनसक्ने सबैभन्दा ठूलो संगठन हो । जसको पचास हजार भन्दा बढी शाखाहरु छन् र करोडौं मानिसहरू जोडिएका छन् । आरएसएस (RSS) को पूरा नाम ‘राष्ट्रिय स्वयंसेवक संघ’ हो । यसलाई ‘अतिवादी हिन्दू संगठन’ भनेर चिनिन्छ । भारतमा अहिले ‘राष्ट्रिय स्वयंसेवक संघ’ द्वारा निसृत भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकाल शुरु भएको छ । मोदीलाई जिताउन आरएसएसको निकै ठूलो भुमिका रहेको छ । आरएसएस विजेपीको मातृसंगठन हो ।

स्थापना: आरएसएस (RSS) को स्थापना सन् १९२५ मा भारतको नागपुरमा केशवराव बलिराम हेडगेवारले गरेका थिए । उनी संघको पहिलो प्रमुख अर्थात सरसंघचालक भए । पचास हजार भन्दा बढी शाखा भएको यस संगठनलाई विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठनका रूपमा पनि लिइन्छ।

नेपालको इतिहासमा आरएसएस: नेपालमा आरएसएस (RSS) को भुमिका बारे अध्यन गर्दै जाँदा इतिहासको एउटा महत्त्वपूर्ण घटना उल्लेख गर्नैपर्ने हुन्छ । सन् १९६२ को भारत–चीन युद्धलगत्तै आरएसएसका दोस्रा प्रमुख र आरएसएसका प्रमुख चिन्तक माधव सदाशिवराव गोलवलकर (गुरुजी) ले २६ फेब्रुअरी सन् १९६३ मा महाशिवरात्रिको अवसर पारेर नेपाल भ्रमण गरेका थिए। अहिले पनि आरएसएसले उनै गुरुजीको विचार लाई मुख्य आदर्श मान्छ ।

पशुपति दर्शनलगत्तै उनले राजा महेन्द्रसँग नेपाल–भारत सम्बन्धबारे विस्तृत कुराकानी गरेका थिए। एक घण्टालामो वार्तामा राजा महेन्द्रले गुरुजीलाई भने– नेपाल आर्थिक र शिक्षाको दृष्टिकोणबाट पछि परेको छ। नेपालका वामपन्थीहरूले भारतमा आश्रय लिएर नेपालमा उपद्रो मच्चाइराखेका छन्। धार्मिक र सांस्कृतिक एकताका कारण नेपाल र भारतबीच स्वाभाविक अपनत्वको सम्बन्ध छ। वामपन्थीहरु हाम्रो धार्मिक श्रद्धाका कट्टर विरोधी हुन् । नेपालको उत्तरी सीमा चीनसँग जोडिएको हुनाले चीनसँग अत्यन्त सतर्कताका साथ सम्बन्ध राख्नुपर्ने हुन्छ ।

नेपालले कोलकाता बन्दरगाह हुँदै विदेशबाट सामान झिकाउन भारतसँग अनुमति मागेको थियो। तर भारतले त्यो अनुमति नदिएको हुनाले बाध्य भएर पूर्वी पाकिस्तान (हाल बंगलादेश) को चिटगाउँ बन्दरगाहबाट सामान ल्याउने अनुमति माग्नुपर्‍यो र पाकिस्तानले विनासंकोच त्यो अनुमति दियो। मलाई लाग्छ, पण्डित नेहरुलाई नेपाल ‘विश्वको एकमात्र हिन्दुराष्ट्र’ भएकोमा असहनीय छ। यस्तो लाग्छ, पण्डित नेहरुलाई कसैले नेपालको बारेमा नचाहिँदो भ्रममा पारेको छ। मलाई लाग्छ, भारतको विदेश–नीति नेपालअनुकूल छैन। नेपालप्रति भारतको दृष्टिकोण पूर्वाग्रहले गर्दा दूषित भएको छ। यो परिवर्तित हुन सक्योभने नेपाल–भारत सम्बन्ध राम्रो हुनेछ। उक्त वार्तामा तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरी पनि उपस्थित थिए।

राजा महेन्द्रको कुरा सुनेर गुरुजीले १ मार्च १९६३ मा नेपाल भ्रमण गर्न लागेका तत्कालीन भारतीय गृहमन्त्री लालबहादुर शास्त्रीलाई एक चिठी लेख्दै भने– नेपालप्रति भारतद्वारा हुने व्यवहारमा सुधार गरी, उचित सम्मान दिएर नेपालसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। र, नेपालको आर्थिक, शैक्षणिक क्षेत्रमा नेपालको आवश्यकता बुझेर सहयोग गर्नुपर्छ । किनकि नेपाल–भारत दुवैको हित एकापसमा जोडिएको छ । नेपालसँग निष्कपट सम्बन्ध स्थापित गर्नुपर्छ । यसका लागि भारतीय दूतावासमा नेपालमैत्री अधिकारीको नियुक्ति आवश्यक छ।

साथै गुरुजीले प्रधानमन्त्री पण्डित नेहरुलाईपनि २७ फेब्रुअरी १९६३ मा आफ्नो नेपाल भ्रमणबारे चिठी लेख्दै भने– नेपालसँग सम्बन्ध सुधारका लागि नेपालप्रति भारतको नीतिमा परिणाम दिने परिवर्तन गर्नु आवश्यक छ। भारतले नेपालप्रति आफ्नो नीति निर्माण गर्दा नेपाललाई विश्वासमा लिनुपर्छ । नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्रराष्ट्रको प्रतिष्ठालाई सम्मान गर्नुपर्छ । नेपालमा अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ ।

६२ वर्षअघि आरएसएस प्रमुखले नेपाल–भारत सम्बन्धबारे गरेको विश्लेषण आजपनि त्यत्तिकै समसामयिक छ । अहिले भारतको केन्द्रीय सरकारमा आरएसएस द्वारा समर्थित बिजेपीले आफ्नो तेस्रो कार्यकाल शुरु गर्दैछ । अहिले के आरएसएसकै समर्थित दल बिजेपीले आफ्ना अग्रजले नेपाल–भारत सम्बन्धबारे आफैँले नेपाल–भारत सम्बन्ध सुधारका लागि पण्डित नेहरूलाई दिएको सुझाव कार्यान्वयन गरेको छ त ? अवश्यपनि छैन । आरएसएस अहिले आफ्नै रणनीति अनुसार चल्छ । समयक्रम संगै उसको विचारधारा फेरिएको छ । अहिले न त इतिहास हेर्छ, न त नेपाल संगको सुमधुर सम्बन्ध ।

भारतमा पनि बारम्बार आरएसएस विवादमा आइरहेको देखिन्छ । कुनै स्थानमा धार्मिक वा साम्प्रदायिक दंगाको घटना आयो भने कतै न कतै आरएसएसको नाम जोडिएकै हुन्छ । पछिल्लोपटक मणिपुर घटनामा पनि आरएसएसको नाम जोडिएकै थियो । नेपालमा पनि नेपालगञ्जको ‘हिन्दु-मुस्लिम दंगा’ मा पनि नेपाली हिन्दु र नेपाली मुस्लिम लाई भिडाउन भारतीय आरएसएस र भारतीय तथा तेस्रो मुलुकका मुस्लिमहरुको संलग्नता रहेको तथ्य देखापरेको थियो । त्यस्तै धरानको ‘गोरु काण्ड’ मा पनि आरएसएसकै घुसपैठ भएको भन्ने विश्लेषकहरुको भनाइ थियो । जुन लगभग मुठभेडको स्थितिमा पुगिसकेको थियो ।

आरएसएसको नेपाल प्रवेश: वि. सं. २०४७ सालमा एक भारतीय नागरिक ओमप्रकाश गर्ग लाई नेपालमा ‘मातृभुमी नेपाल’ का नाममा संस्था दर्ता गर्न पठाइयो । राजा विरेन्द्र लाई कसैले खबर गर्‍यो कि यो संस्थाको कनेक्सन सिधा दिल्लीसंग छ र धार्मिक जागरणका नाममा नेपाल प्रवेश गरेर भारतीय हस्तक्षेप गर्ने कोसिस गरिरहेको छ । त्यसपछि विरेन्द्रले सो नाममा संस्था दर्ता गर्ने अनुमती दिएनन् र उनलाई तत्काल नेपाल छोड्ने आदेश दिए । राजासँग रिसाएर फर्केका गर्गले भारत पुगेर घटना बेलिबिस्तार लगाएपछि तत्कालका लागि कुरा सेलायो । त्यसको एक वर्ष पछी नाम परिवर्तन गरि ‘हिन्दु स्वयंसेवक संघ नेपाल’ राखेर दर्ता गर्न फेरि पहल गरे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर