रामापुर माबि सैनामैनाका कृतिम भट्टराईले एसईईमा ल्याए ४ जिपि
सैनामैना । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०८०(एसइई) को नतिजामा रुपन्देही जिल्लाको सैनामैना स्थित रामापुर माध्यमिक विद्यालयका कृतिम भट्टराईले नेपालमै सर्वोकृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ । भट्टराईले प्राप्त गरेको ४ जिपिए अंक नेपाल भरिकै सर्वोकृष्ट भएको विद्यालयले दाबी गरेको हो
रामापुर माबीबाट एसईई दिएका भट्टराईले ल्याएको नतिजा नेपालभरको उत्कृष्ट नतिजा रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले दाबी गरे । यसैगरी बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिष्णु पाण्डेले समिति बिद्यालयका अभिभावक शिक्षक बिद्यार्थी सबैको मेहनतले बिद्यालयले राम्रो नतिजा ल्याउन सफल भएकोमा धन्यवाद दिदै सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिनु भयो ,शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख राधा बेल्वासेले यस बर्षको एसईई परीक्षामा सैनामैनाबाट सहभागि विद्यार्थीमध्ये रामापुर माबिका भट्टराईले ४ जिपिए ल्याएर सर्बोकृस्ट भएको जानकारी दिनुभयो ।विद्यालयले दिएको जानकारी अनुसार एसईइईमा सो विद्यालयबाट सहभागि १८० जना विद्यार्थीमध्ये कृतिम भट्टराईले ४ जिपिए सहित नेपाल प्रथम A+ ल्याउने ४ जना, A ल्याउने ४९ जना सहित १२३ जना उतिर्ण भयका छन भने ५७ जना नन ग्रेड( अनुत्तीर्ण ) भएका छन ।



