spot_img

जाँड खुवाएर कपिलवस्तु ४ नम्बरमा १४ वर्षकि युवती माथी सामुहिक बलात्कार

बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चारनम्बरमा जाँड खुवाएर सामूहिक बलात्कार: घटना विस्तार

कपिलवस्तुको बाणगङ्गा नगरपालिका चार नम्बरमा बुटवलकी नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । बुटवलकी १४ बर्षिया नाबालिगमाथि बाणगंगाका तिन जना युवाहरुले सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कार गर्ने युवाहरू १ जना नाबालक १७ वर्षको एक जना १८ वर्षको र २३ वर्षको रहेको प्रहरीले जनाएको छ । उनीहरु वाणगङ्गा नगरपालिका वडा नम्बर ९ का पडेरियाका रहेका खुलेको छ ।

यो घटना साउन ५ गते रातिको हो । युवाहरूले नाबालिगलाई जाँड खुवाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । बाहिर खाजा खाने निहुँमा छ्याङ भन्दै जाँड खुवाए पछि युवाहरूले होटलमा लगेको बुझिएको छ ।

चार नम्बर चोककै एक होटलमा युवाहरूले उनलाई लगेका हुन । पहिला दुई जना युवाहरू मात्रै संलग्न रहेका थिए र बलात्कार पछि नाबालिग बेहोस भए पछि उनीहरूले नाबालिगलाई होटलमै छोडेर घर गएका थिए । होटल वालाले त्यो केटी एक्लै छ भन्ने थाहा पाएपछि पटक पटक फोन गरेर ति युवाहरूलाई बोलाएको बताईएको छ ।

नाबालिगको सम्पर्कमा रहिरहने केटा साथी घरमा फोन अफ गरेर सुते पछि उसको साथीलाई होटल वालाले होटलमा बोलाएको बताइएको छ । होटलमा त्यो साथीले अर्को कुनै साथी लिएर आएको र बलात्कार पछि एक जना फेरी घर फर्केको स्रोतले बताएको छ । नाबालिग सँग रातभर बिताएको युवक बोए फ्रेण्डका साथी थिए । त्यो कुरा पीडित नाबालिगलाई अर्को दिन ६ गते बिहान विस्तारमा उठ्दा मात्र थाहा भयो ।

त्यसपछि नाबालिग बुटवल फर्किइन फर्किनासाथ उनले परिवारमा कुरा गरेपछि बुटबल प्रहरी कार्यलयमा जाहेरी दिन गएको र बुटवल प्रहरीले घटना बाणगंगाको भएकाले जाहेरीका लागि इलाका प्रहरी कार्यालय पिपरामा पठाएको बताईएको छ ।बलात्कार भएको भोलिपल्ट युवतीले इलाका प्रहरी कार्यालय पिपरामा जाहेरी दिएपछि यो तथ्य बाहिर आएको हो । नाबालिगको जाहेरीको आधारमा अहिले बलात्कार गर्ने युवकहरू पक्राउ परिसकेका छन् । एक जनालाई श्रावण ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरि म्याद थप गरी राखिएको प्रहरी जानकारी गराएको छ । बलात्कारी माथि कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने प्रहरीको भनाई छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर