spot_img

तिनाउ नदिमा डुबेर आफन्तकोमा आएका दुई बाल को मृत्यु

तिनाउ नदीमा डुवेर बेपत्ता भएका अर्का बालकको पनि शव फेला पर्‍योशुक्रवार साँझ तिनाउ नदिमा बगेर बेपत्ता भएका ८ वर्षीय बालकको शव शनिबार बिहान फेला परेको छ।

बुटवल उपमहानगरपालिका वडा नं ११ सृजनानगरमा रहेको आफन्तकोमा भेट्न आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रवार साँझ बेपत्ता भएका थिए।

बरेङ गाउँपालिका वडा नं ४ बाग्लुङ घर भई सृनानगर बस्ने १२ वर्षीय विवश खत्री शुक्रबार राती नै खोलामा मृत फेला परेका थिए भने सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे बेपत्ता थिए ।बरेङ गाउँपालिका वडा नं ४ बाग्लुङ घर भई सृनानगर बस्ने १२ वर्षीय विवश खत्री शुक्रबार राती नै खोलामा मृत फेला परेका थिए भने सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे बेपत्ता थिए ।

शुक्रबार रातभर खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि पुनः खोजी सुरू गरिएको थियो। बिप्रनलाई शनिबार बिहान झण्डापुर स्थित तिनाउ नदिमा मृत फेला पारिएको बुटवल उपमहानगरपालिका-११ वडा सदस्य नकुल शाही ठकुरीले जानकारी दिए।

मृतक दुबै बालक दिदिबहिनीका छोरा हुन्। उनिहरु आफ्नी आमाहरुसँग सानी आमाको घर आएका थिए।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का सात वर्षीय बालकले आफन्तलाई खबर गरेका थिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर