दुबईका लागि उडेको निगमको जहाज भैरहवामा ग्राउण्डेड
भैरहवा — काठमाडौंबाट १ सय ४९ यात्रुहरु लिएर दुबईका उडेको उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी बिमान भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ ।
यसको बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । भैरहवाबाट दुबई जाने यात्रु थपेर यो जहाज दुबई उड्ने तालिका रहेको थियो ।
तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गराएका थिए
भैरहवामा निगमका २ जनामात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयबाट बिदा भई घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियम अनुसार बिहान ४ बजेसम्म भैरहवाका विभिन्न होटलमा लगिएको थियो ।



