खानेपानीको निर्वाचनको परिणाम आउन अझै समय लाग्ने ” भण्डारी “
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल -१२ रुपन्देहीका निर्वाचन समिति संयोजक यज्ञमुर्ति भण्डारीले निर्वाचनको अन्तिम मत परिणाम आउन अझै एक, दुई दिन लाग्ने बताउनु भएको छ । हाम्रो लुम्बिनी खबरसंगको सक्षिप्त कुराकानीको क्रममा उक्त कुरा बताउनु भएको हो ।

कुल २३ पदमा ६९ जनाको उम्मेदवारी रहेकोले नतिजा आउन समय लाग्ने भण्डारीले बताउनु भयो । अहिलेसम्म झन्डै १५ सय मत गणना भईसकेको र दैनिक ५-६ सय संख्यामा मतगणना भईरहेको जानकारी गराउनु भयो ।
यही फाल्गुन २४ गते नयाँगाउँ खानेपानी संस्थाको निर्वाचन सम्पन्न भएको थियो । कुल ४७०७ मतदाता रहेकोमा २६०४ मत खसेको थियोे ।



