spot_img

देवसिद्ध बोर्डिङ स्कुलमा अभिभावक अभिमुखीकरण तालिम तथा रक्तदान कार्यक्रम सम्पन्न

देवसिद्ध बोर्डिङ स्कुलमा अभिभावक अभिमुखीकरण तालिम तथा रक्तदान कार्यक्रम सम्पन्न

बालबालिकाको शिक्षामा अभिभावकको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले बुटवल १४ बेलबरियाको देवसिद्ध बोर्डिङ स्कुलमा अभिभावक अभिमुखीकरण तालिम सम्पन्न भएको छ। तालिममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति सदस्य, र विभिन्न तहका अभिभावकहरूको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पूर्वनिर्देशक दिपेन्द्र ढकाल ले बालबालिकाको शैक्षिक तथा मानसिक विकासमा अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। विद्यालयका प्रधानाध्यापक प्रीतम क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालय र अभिभावकबीचको समन्वय अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

कार्यक्रममा विशेषज्ञ प्रशिक्षक दिपेन्द्र ढकाल ले अभिभावकहरूलाई बालबालिकाको पढाइमा सघाउने तरिका, सकारात्मक अनुशासन, मानसिक स्वास्थ्यको महत्त्व, र प्रविधिको उचित प्रयोग सम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए।
तालिममा सहभागी अभिभावकहरूले विद्यालय र अभिभावकबीचको समन्वय अझै सुदृढ गर्न यस्ता कार्यक्रम आवश्यक रहेको प्रतिक्रिया दिएका थिए। विद्यालय प्रशासनले आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ।
बुटवल ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा विद्यालयका अभिभावक, भूपू विद्यार्थी र शिक्षकहरू गरी कुल ३६ युनिट रगत संकलन भएको ल्याब टेक्निसियन वारिस अलीले जानकारी गराएका थिए।
कार्यक्रम संयोजक एवं विद्यालय इसीए टिचर किसन सावत को सन्चालन्मा कार्यक्रम सम्पन्न भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर