spot_img

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा प्रदेश को अध्यक्षमा नवराज कुंवर

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा प्रदेश को अध्यक्षमा नवराज कुंवर
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभि तर्फबाट आशिष गुप्ता रहेका छन् ।यता सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा ३ जना मनोनित भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएका छन् ।

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले शुक्रबार दोश्रो मिडिया सम्मेलन गरेको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर