spot_img

अर्घाखाँची–बाणगंगा कपिलवस्तु सम्पर्क समाज गठन संगै बन भोज कार्यक्रम आयोजना

अर्घाखाँची–बाणगंगा कपिलवस्तु सम्पर्क समाज गठन हुने

कपिलवस्तुमा अर्घाखाँची–बाणगंगा कपिलवस्तु सम्पर्क समाज गठन हुने भएको छ । प्रस्तावित कपिलवस्तुमा अर्घाखाँची–बाणगंगा कपिलवस्तु सम्पर्क समाजको आयोजनामा यहि चैत्र १२ गते बाणगंगा ७ खारखानी बनभोज स्थलमा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रमको आयोजना गरिएकाले सम्पुर्णलाई उपस्थितीका लागि अनुरोध गरिएको बलरा खनालले बताउनु भएकोछ ।

धर्म कला, संस्कृति संरक्षण हाम्रो दायित्व भन्ने मुल नाराका साथ गठन गनै लागिएको उक्त समाजमा अर्घाखाँचीबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा बसोबास गर्र्ने सम्पुर्ण एकजुट भई एकतावद्ध हुने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विशेष गरि कुनै पनि राजनीतिक दलको पक्षमा नभई विशुद्ध समाजको हितका लागि उक्त समाज गठन गनै लागिएको हो । जसका लागि शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम आयोजना गरिएकाले सम्पुर्णलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर