spot_img

दुर्गा मन्दिर व्यवस्थापन समिति द्वारा खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी सम्मानित 

  • दुर्गा मन्दिर व्यवस्थापन समिति द्वारा खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी सम्मानित 

बुटवल उपमहानगरपालिका वडा न.-१२ मा अवस्थित नव दुर्गा भवानी मन्दिर व्यवस्थापन समिति द्वारा हालै सम्पन्न निर्वाचन बाट निर्वाचित  नयाँगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरु लाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । नव दुर्गा मन्दिरमा नवरात्रको निरन्तर चलिरहेको भजन क्रीतनको सन्ध्याकालिन अवसरमा पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

नवदुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्ष तुल्सिराम भण्डारीको अध्यक्षतामा सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा नयाँगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मीना जिसि, उपाध्यक्ष सिर्जना पौडेल सचिव रामप्रसाद भुसाल कोषाध्यक्ष सुमित्रा खनाल सहसचिव ठुन्डिराज खनाल, सदस्यहरुमा लिला कुमारी गाहा, निर्मला गौतम,बशन्ता खनाल , राधा घिमिरे , राजबहादुर थापा ,अन्जना खनाल, कृष्ण प्रसाद भुसाल , गुनाखर ( बाबुराम ) भण्डारी , घनश्याम पौडेल ,नारायण पन्थी,मीना खनाल,सीता आचार्य  लेखा समिति संयोजक अग्नि प्रसाद पौडेल सदस्यहरु चन्द्रकान्त आचार्य ,टिकामया भण्डारी अनुगमन समिति संयोजक गणेश आचार्य सदस्यहरू नारायण खनाल ,बाबुराम भुसाल रहनु भएको नवदुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर