नेपाल रेडक्रस सोसाईटी शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा संकतटासन्न टोल समुदाय लाई बिपद जोखिम न्युनिकरण, जलबायु परिबर्तन अनुकुलन र स्वास्थ्य सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रमका सैनामैना का वडा तथा विभिन्न टोलमा सँचालन भएको छ ।
सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारीमा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा सैनामैना ८ बाँसगढी टोलको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो सुपर परियोजना सहजीकरण तथा प्रशिक्षक डिलिराज जोसीले जानकारी दिनु भयो।

बासगढी टोल बिकास संस्था अध्यक्ष जीत बहादुर कालामगर को अध्यक्षता मा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर पालिका वडा न ८ का वडा सदस्य श्री सुमित्रा परियारले गर्नुभएको थियो । त्यसैगरि उक्त कार्यक्रममा पुर्व टोल बिकासका अध्यक्ष श्री कमला न्यौपाने, नेपाल रेडक्रस सोसाईटीका दुधराक्ष उपशाखाका सहसचिब श्री दिनेश घिमिरेले लगाएतले सुपर परियोजनाले सैनामैनाका विभिन्न ठाउँमा राम्रो काम गरिरहेको बताउनु भयो । समाजसेबी व्यक्तित्व लगायत समुदायका बिशिष्ट व्यक्तित्वहरुमा शिक्षक शिक्षक शिक्षिका र समुदायका व्यक्ति गरी ४१जनाको सहभागिता रहेको कुरा कार्यक्रम संचालन नगर स्वयंसेबक व्युरोका सदस्य श्री घनश्याम पाण्डेय ले गर्नु भएको थियोे ।
कार्यक्रमा बिपद जोखिम न्युनिकरण, जलबायु परिबर्तन अनुकुलन र स्वास्थ्य सरसफाई सम्बन्धी अभिमुखिकरण क्रमशः परियोजनाका सामुदायिक सहजकर्ता डिल्लीराज जोशी, हरिसरा घर्तिमगर नगर स्वयंसेबक व्युरो सदस्य श्री घनश्याम पाण्डे र तेज प्रसाद ढकालले बिपद सम्बन्धी भुकम्प, सडक सुरक्षा, आगलागी, बाढी तथा डुबान, र चट्यागंको सुचना सँचार सामाग्री बितरण र अभिमुखिकरण प्रशिक्षण दिनु भएको थियोे । तातोहावाको लहर लू को जाखिम पनि बढिरहेकोले यसबारे समेत पुर्वतयारी गर्न र जोगिन कार्यक्रममा चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई वडा बिपद सम्पर्क ब्यक्तिबारे जानकारी, अतिआबश्यक सेवा प्रदान गर्ने सम्पर्क नम्बरहरु, र आपतकालिन खोज उद्धारका सामाग्रीहरु, पुर्व सुचना प्रणाली तथा परियोजनाबारे समेत जानकारी गराईएको थियो ।नेपाल रेडक्रस सोसाईटी शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा संकटासन्न टोल समुदाय लाई लागु औषध जोखिम न्युनिकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रमका सँचालन भएको छ
सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको संयुक्त साझेदारीमा संचालित शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा तथा ईलाका प्रहरी कार्यालय मुर्गिया को सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम राम प्रसाद चौधरीको अध्यक्षता मा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगर पालिका वडा न ५ का वडा अध्यक्ष श्री धन प्रसाद पौडेलले गर्नुभएको थियो । त्यसैगरि उक्त कार्यक्रममा कार्यपालिका सदस्य श्री मनकुमारी राई, वडा सदस्य श्री पदमपानी चापागाई लगाएत ले कार्यक्रममा भनाइ राख्नु भएको थियो भने समाजसेबी राजेन्द्र प्रसाद घिमिरे लगायत बिशिष्ट व्यक्तित्वहरुमा शिक्षक शिक्षिका र समुदायका व्यक्ति गरी ५३ जनाको सहभागिता रहेको कुरा कार्यक्रम संचालन नगर स्वयंसेबक व्युरोका सदस्य माधब पौडेल ले गर्नु भएको थियोे ।
कार्यक्रमा लागु औषध दुव्यसनी सम्बन्धी अभिमुखिकरण ईलाका प्रहरी कार्यालयका ईन्चार्ज आदित्य राज बिष्टले गर्नुभएको थियो भने सडक सुरक्षाका बारेमा अभिमुखिकरण ईलाका प्रहरी कार्यालयबाट जीबन खड्काले प्रदान गनुभएको थियो । त्यसैगरि उक्त कार्यक्रममा परियोजनाका तर्फबाट स्वयंसेबक ब्युरो सदस्य श्री मधु गौतम परियोजनाका सामुदायिक सहजकर्ता श्री हरिसरा घर्तिमगर र डिल्ली राज जोशीले बिपद सम्बन्धी भुकम्प, सडक सुरक्षा, आगलागी र बाढी तथा डुबान, र चट्यागंको सुचना सँचार सामाग्री बितरण र अभिमुखिकरण दिनु भएको थियोे ।
कार्यक्रममा सहभागीहरुलाई वडा बिपद सम्पर्क ब्यक्तिबारे जानकारी, अति आबश्यक सेवा प्रदान गर्ने सम्पर्क नम्बरहरु, पुर्व सुचना प्रणाली, र आपतकालिन खोज उद्धारका सामाग्रीहरु तथा परियोजनाबारे समेत जानकारी गराईएको थियो



