spot_img

सैनामैना बुद्धनगरमा प्रथम बीवाईसी कप बुधबारदेखि सुरु

प्रथम बीवाईसी कप बुधबारदेखि, ९ टोली सहभागी हुनेबुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार (आज) पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना खेलमय बन्दै गएको अवस्थामा फेरी क्लबले आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । “स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य भलिबल खेलको विकास सँगै उदयमान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्नु रहेको पत्रकार सम्मेलनमार्फत खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिएका थिए ।क्लबले सुरुवाती चरणबाट नै खेलकुदका गतिविधीहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र सोही अनुरुप यसपटक भलिबल प्रतियोगिता आयोजना गरिएको संयोजक ज्ञवालीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार चैत्र ३० गतेसम्म चल्ने प्रतियोगितामा ९ टोली बिच भिडन्त हुनेछ ।

प्रतियोगितामा परासी युवा क्लब, लाफा समुह बुटवल, बुद्धनगर युवा क्लब, सृस्टी युवा क्लब, न्यू होराईजोन स्पोर्टस क्लब, मणिमुकुन्द भलिबल क्लब,गोल्डेन युवा क्लब,शुद्धोदन गाउँपालिका र स्पोर्टस क्लब सहभागि छन् ।प्रतियोगिताको कुल लागत १५ लाख ३५ हजार अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा लाफा समुह बुटवलले आयोजक बुद्धनगरसँग खेल्दा सोहिदिन हुने दोस्रो खेलमा मणिमुकुन्दले गोल्डेन युवा क्लबसँग खेल्न तय भएको छ ।

बीवाईसी कप

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर