spot_img

सैनामैना ब्यपार संघले नयां बर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना ब्यपार संघको भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
सैनामैना ब्यपार संघले नयां बर्ष २०८२ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार सैनामैना ३ ब्यापार संघको कार्यालय परिसरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, ब्यापार संघका संरक्षक नर बहादुर घर्तीमगर र मिनप्रसाद पौडेल, सैनामैना ३, का वडा अध्यक्ष तम बहादुर पुर्जा लगायतले सैनामैना ब्यापार संघले प्रकाशित गरेको २०८२ को भित्तेपात्रो संयूक्त रुपमा बिमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले ब्यापार संघले ब्यवसायिक हकहितका लागी बिभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । गत वर्षको भित्तेपात्रो बिमोचन कार्यक्रमको स्मरण गर्दै ब्यापार संघले समयमै कार्यक्रम गरेकोमा सस्थालाई धन्यावाद दिनुभयो भने अतिथिलाइ खादामाला हटाएर फुलको पुष्प गुच्छा दिएकोमा खुशी प्रकट गर्नुभयो । साथै कार्यक्रममा बोल्दै प्रमुख शर्माले नयां बर्ष २०८२ ले सवैको घरघरमा खुसी, उमंग ल्यायोस भन्दै २०८१ म भएका गल्ती कमजोरी सच्याउदै नयाँ सालमा नयाँ उमंगका साथ नयाँ कामको सुरुवात सवैमा होस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो ।

ब्यापार संघले अबको दिनमा योजना बनाएर ब्यवसायीहरुको संरक्षण गर्ने तथा उनीहरुको हाल देखा परेको विविध समस्याहरुको समाधान गर्ने तर्फ सचेत हुनु पर्ने ब्यापार संघका संरक्षक मिन प्रसाद पौडेलले जानकारी गराउनुभयो । सोहि अवसरमा सैनामैना नगरपालिका भित्र रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।

सैनामैना ब्यापार संघले सैनामैनाका ब्यवसायीहरुको हकहितमा काम गर्दै आएको सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो । हरेक बर्ष सैनामैनामा संचालन हुदै आएको सैनामैना महोत्सव गत वर्ष देखी रोकिएको र यस वर्ष सैनामैना ब्यापार संघले पुषमा महोत्सव लगाउने तयारी गरेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रम संस्थाका आजिवन सदस्य, सल्लाहकार, पदाधिकारी, विभिन्न संघ सस्थाका प्रमुख वा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भिमलाल सुवेदीले गर्नुभएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर