spot_img

मादक पदार्थ सेवनपछि आफ्नै चार महिनाका छोरामाथि बुबा आमाले हिंसा गर्दा शिशुको मृत्यु

चार महिने शिशु को मृत्यु आमा बुबाले पक्राउ नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको छ। मादक पदार्थ सेवनपछि आफ्नै चार महिनाका छोरामाथि हिंसा गर्दा शिशुको ज्यान गएको हो।

२१ वर्षीय दीपेन्द्र परियार र ३५ वर्षीया कमला परियारले राति मदिरा सेवन गरेका थिए। त्यसै क्रममा उनीहरूले आफ्नो नाबालक छोरालाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थामा पुगेका शिशुलाई हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल पुर्‍याएका थिए। तर, उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए।

डिएसपी नेपालका अनुसार, शिशुलाई गम्भीर चोट लागेपछि बाबुआमा घटनास्थलबाट भागेका थिए। तर, प्रहरीले दुवैलाई पक्राउ गरी शिशु हत्या अभियोगमा अनुसन्धान थालेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर