२० दिन अघि बिदेश बाट आएकी कञ्चनमा एक महिलाद्वारा आत्महत्या, हत्या भएको परिवारको आशंका
रुपन्देहीको कञ्चनमा एक महिलाले छिमेकीको घरमा झुण्डिएर आत्महत्या गरेका छन। प्रहरीका अनुसार आत्महत्या गर्नेमा जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं. ४ स्थित थकाली चोक बस्ने अन्दाजी ४५/४६ बर्षकी धनमाया बि.क. रहेका भएको प्रहरी को भनाइ रहेको छ ।

मृतक बि.क.ले सोही वडा अन्तर्गत बरपिपल चोक बस्ने विनोद बि.क.को घरको पछाडी बाहिर रहेको फलामको भर्याङ्गको चौथो सिंढीमा कपडाले आफ्नो घाँटीमा पासो लगाई एक खुट्टाले भुईमा टेको लगाएको र अर्को खुट्टा भुईमा लट्रि झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरा कार्यालय सालझण्डीले जनाएकाो छ।
घटनाको प्रकृति हेर्दा मृतकले आत्महत्या गरेको नभई सुनियोजित रुपमा हत्या गरी झुण्ड्याइएको हुनसक्ने मृतकका आफन्तले आशंका गरेका छन। पिडितहरुका अनुसार विनोद बि.क. र मृतक बि.क. आपसी सम्बन्धमा रहेको र विनोद बि.क. कै घरमा एकाएक झुण्डिएको अवस्थामा भेटिनु निकै शंकास्पद र आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका गरेका हुन।
यता प्रहरीका अनुसार भने घटना भएको घर धनी विनोद बि.क.ले आफ्नो घरमा एक महिलाले आत्महत्या गरेका छन भनि ईलाका प्रहरी कार्यालय रुद्रपुरमा आज बिहान करिब सवा ६ बजेको समयमा जानकारी दिन आएको र निज बि.क. कै सूचना अनुसार घटनास्थलमा पुग्दा महिलाले विनोद बि.क.कै घर पछाडी रहेको भर्याङ्गमा झुण्डि आत्महत्या गरेको अवस्थामा फेला परेको जानकारी दिएको छ।मृतक महिला बिदेशबाट २० दिन अगाडी घर आएको र आजराती घरका आफन्त तथा परिवारसंग राती ९ बजेसम्म संगै खानपिन गरी फर्किएको मृतकका भिनाजु झविलाल बि.क.ले जानकारी दिनु भएको छ। मृतक बि.क. यस अघि पाल्पाका राजन सुनारसंग बिहे भएको र निजसंग सम्बन्ध विच्छेद गरी कञ्चनमै बस्दै आएको आफन्तले जनाएका छन। मृतकका आफन्तका अनुसार विनोद बि.क. संग मृतकको केही दिन अगाडीदेखि लेनदेन सम्बन्धी विवाद हुदै आएको थियो। विनोद बि.क.ले पनि आफ्नो श्रीमतीसंग सम्बन्ध विच्छेदगरी एक्लै बस्दै आए थिए।
पूर्व प्रहरी समेत रहेका विनोद बि.क. एन आई सी एशिया बैंक रुद्रपुर शाखामा हरैयामा सुरक्षा गार्डमा कार्यरत छन। बि.क.लाई आवस्यक अनुसन्धानका ल ईलाका प्रहरी कार्यालयमै राखिएको र मृतकको शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा पठाइएको ईलाका प्रहरीकार्यालय सालझण्डीले जनाएको छ।
घटनाबारे थप आवस्यक अनुसन्धान भइरहेको र घटनास्थलको अध्ययन र अनुसन्धान तथा पोष्टमार्टमको रिपोर्ट लगायत अनुसन्धानकोक्रममा प्राप्त हुने तथ्यांकका आधारमा थप जानकारी दिइएने ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। श्रोत कन्चन खबर



