रुपन्देहीको सौ फर्साटिकरमा एक निजी बिद्यालयका बिद्यार्थी बोकेको बसमा आगो लागेको छ। सुद्धोधन गाउपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो।
आज बिहान बिद्यार्थी बोकेरे आउदै गरेको बस बिद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन्। आगलागी हुदा बसमा बिद्यार्थी खचाखच थिए।

बिद्यालयकै अगाडी पुगेपछि अचानक धुवा पुत्ताउदै थियो आगो लागी हाल्यो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले मिलेर बिद्यार्थीको उद्धार गरेर आगो निभाएको हो स्थानीय मनोज भण्डारीले भने।
आगलागीबाट बिद्यालयको लु १ क १३२६ नम्वरको बस पुर्ण रुपमा क्षती भएको छ। आगलागीबाट मानवीय क्षती भने भएको छैन्।



