नेपाल रेडक्रस सोसाईटी शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रबन्ध (SUPER) परियोजना को आयोनामा बिद्यालयस्तरिय कृतिम घट्ना अभ्यास कार्यक्रम सम्पन्न
नेपाल रेडक्रस सोसाईटी शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा सैनामैना नगरपालिका वडा नम्बर ९ स्थित जनचेतना माध्यमिक बिद्यालयमा बिद्यालय स्तरिय कृतिम घट्ना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रकम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवं बिद्यालय बिपद् ब्यबस्थापन समितीका संयोजक धर्मराज आत्रेयको अध्यक्षतामा सँचालन गरिएको कार्यत्रममा नेपाल रेडक्रस सोसाईटी लुम्बीनी प्रदेश सभापति लालप्रसाद पंगेनीको प्रमुख आतिथ्यत्ता रहेको थियो

यस्तै बिशिष्ट अतिथि बिद्यालयका प्राध्यापक तथा युवा रेडक्रस सर्कलका संरक्षक कमल बेलबासेकोरहनु भएको थियो । कृतिम घट्ना अभ्यासको सहजिकरण भलिनटेरको रुपमा परियोजनाका सहजकर्ता डिल्ली राज जोशिले गर्नुभएको हो। कार्यक्रममा बिद्यालय बिपद ब्यबस्थापन समितीका पदाधिकारी र सदस्यहरु, नगरस्तरिय स्वयंसेबक ब्युरोका सदस्यहरु, शिक्षक नायक, सहशिक्षक नायक, युवा रेडक्रस सर्कल, बाल क्लब नेपाल स्काउट, र शिक्षक कर्मचारी र बिद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यत्रमको सँचालन परियाजनाका सहजकर्ता हरिसरा घर्ति मगरले गर्नु भएको थियो ।
बिद्यालय स्तरिय कृतिम घट्ना अभ्यास कार्यक्रम बिहान ११ बजे बिद्यालयको हलमा बिद्यालय बिपद ब्यबस्थापन समितीका पदाधिकारी र सदस्यहरु, नगरस्तरिय स्वयंसेबक ब्युरोका सदस्यहरु, शिक्षक नायक, सहशिक्षक नायक, युवा रेडक्रस सर्कल, बाल क्लब, नेपाल स्काउट, र शिक्षक कर्मचारी र बिद्यार्थीको सहभागिता गरि घट्नाको अबधारणा, कृतिम घट्ना परिबेश र गर्नुपर्ने कार्यहरु तथा समुह बिभाजन गरि सबैलाई घट्ना अभ्यास कार्यक्रममा निभाउनु पर्ने भुमिकाहरुको बारेमा अभिमुखिकरण गरि सोहि बमोजिम जिम्मेबारी प्रदान भएपछि कृतिम घट्नामा आधारित अभ्यास सँचालन गरिएको थियो ।
भुकम्प र भुकम्पका कारण बिद्यालयको बिद्युतिय क्षति हुदाँ तार सट भएर आगलागि हुदाको घट्नामा आधारित भएर अभ्यास संचालन गरिएको र यसरी घट्ना घटेको अबस्थामा एउटा बिपदको घट्नाले अर्को घट्ना घटाउन सक्ने र त्रमशः बिपदको दुष्चक्रमा जानसक्ने भएकोले यस कुरालाई बिद्यालयमा महशुस गराई सिकाई गर्न यसो घट्ना बिकास गरिएको कुरा कार्यत्रमका प्रशिक्षक डिल्ली राज जोशीले बताउनु भयो ।
कृतिम घट्ना अभ्यास संचालन गर्न सरोककारबाला उपस्थित सहभागीहरुलाई बिभिन्न समुहहरु जस्तै, खोज तथा उद्धार, प्राथमिक उपचार, सामाग्री ब्यबस्थापन, सुचना तथा सँचार जस्ता समुहहरुमा विभाजन गरि जिम्मेबारी अनुसारको कार्य गरि जीबन्त बनाउने प्रयास भएको थियो । सबै समुहहरुले आ आफ्नो कार्यकक्ष घाईते संकलन केन्द्र, रातो क्षेत्र, हरियो क्षेत्र, प्राथमिक उपचार कक्ष, अस्पताल, आबास ब्यबस्थापन, बिश्राम कक्ष तथा खुल्ला र सुरक्षित क्षेत्रहरु जस्ता छुट्टा छुट्टै क्षेत्रहरु तयार गरिसेवा प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा सहभागीहरुलाई वडा बिपद सम्पर्क ब्यक्तिबारे जानकारी, अतिआबश्यक सेवा प्रदान गर्ने सम्पर्क नम्बरहरु, र आपतकालिन खोज उद्धारका सामाग्रीहरु, पुर्व सुचना प्रणाली तथा परियोजनाबारे समेत जानकारी गराईएको थियो। कार्यक्रमको ब्यबहारिक अभ्यास सम्पन्न भएपछि सरोकारवाला सबै समुहहरु बसि अभ्यास र सँचालनको समिक्षा गरिएको थियो ।
समिक्षा क्रममा कृतिम घट्ना अभ्यास सबैका लागि नितान्त नौलो र पहिलो पटक अनुभब भएको बिषय भएकाले यो अभ्यास समय समयमा बिभिन्न बिपदमा घट्ना बिकास गरि गर्न सकेको खण्डमा बिशेष व्यावारिक र जीबनोपयोगी हुने कुरा बताउनु भएको छ । सबै बिषयगत समुहहरुबाट कार्यक्रमको समिक्षा सत्रमा आ आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको र उक्त प्रतिबेदनमा प्राप्त उपलब्धी, अभ्यासका क्रममा भएका सिकाई आगामी दिनमा अझ राम्रो बनाउन गर्नुपर्ने थप क्रियाकलापका बारेमा पृष्ठपोषण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी लुम्बीनी प्रदेश सभापति लाल प्रसाद पंगेनीले समिक्षा सत्रमा आफुनो अनुगमन मुल्याकंन सहितको भनाई राख्ने क्रममा यस प्रकारको अभ्यासले बिद्यालयस्तरमा बिपद ब्यबस्थापन प्रतिको बसझाईलाई सहज बनाउन सहयोग गर्नका साथै बिद्यार्थी हरुमा ब्यबहारिक ज्ञान प्रदान गर्न महत्वपुर्ण सहयोग पुगेको तथा यस कार्यक्रमलाई महत्वपूर्ण सहयोग पुराउनेमा भूमिकाखेल्ने सबैलाई बताउदै धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो भने तातोहावाको लहर लू को जाखिम पनि बढिरहेकोले यसबारे समेत पुर्वतयारी गर्न र जोगिन कार्यक्रममा चर्चा गर्नु भएको थियो ।
कर्यक्रमका बिशिष्ट अतिथि बिद्यालयका प्रधानाध्यापक श्री कमल राज बेल्बासेले बिद्यालयले परियोजनाको सहयोगमा यस अघिनै बिद्यालयको सुरक्षा योजना बनिसकेकोले यो अभ्यासबाट उक्त योजनालाई ब्यबहारीक बनाउन महत्वपुर्ण सहयोग पुगेकाले आगामी दिनमा यसैलाई आधार मानेर योजना अध्याबधिक गरिने बताउनु भयो ।
उक्त कार्यक्रममा आफ्नो भनाई सहित कार्यक्रम समापन गर्ने क्रममा बिद्यालय व्यवस्थापन समितीका अध्याक्ष एबं कार्यक्रमका सभाध्यक्ष ले परियोजनाले बिगत दुई बर्षयता परियोजनाले बिद्यालयमा बिभिन्न कार्यक्रमहरु सँचालन गरि बिद्याालयलाई सहयोग गरिरहेको र यस कार्यक्रमले अझै धेरै क्षमतम बिकास गर्न बाँकी रहेको महशुस कार्यक्रले गरेको बताउनु भयो तथा निन्तर सहकार्यलाई नेपाल रेडक्रस सोसाईटी सुपर परियोजना दिन कुरामा बिश्वास समेत ब्यक्त गर्नु भयो ।



