spot_img

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल भ्रमणमा आउदै

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल भ्रमणमा आउदै
काठमाडौं – औपचारिक भ्रमणको लागि न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा बिदेशमन्त्री बिल्सन पिटर्स आज नेपाल आउने परराष्ट्र मन्त्रालयले बताएको छ ।
परराष्ट मन्त्रालयका अनुसार न्युजिल्याण्डको माथिल्लो तहवाट यो नेपालको पहिलो राजनीतिक भ्रमण हो । परराष्ट मन्त्रालयमा अनुसार पिटर्स जेठ १४ र १५ दुई दिन नेपालमा रहनेछन् । यस अवधिमा उनले लुक्लाको भ्रमण गर्नेछन् ।
उपप्रधानमन्त्री तथा बिदेशमन्त्री पिटर्स आज श्रीलंकाको भ्रमण सकेर अपराह्न नेपाल आउने र आज नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम निद्र्यारण भै सकेको र साझ परराष्ट्रमन्त्री आरजु राणासंग दुई पक्षीय बैठकमा सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्युजिल्याण्ड सरकारले नेपालको विकाशमा सहयोग गर्दै आईरहेको छ । शिक्षा, स्वास्थ्य र हिमाली क्षेत्रको विकाशमा न्युजिल्याण्ड सरकारको निरन्तर र उल्लेख्य सहयोग रहदै आएको छ । न्युजिल्याण्डका नागरिक एडमण्ड हिलारी एवं नेपालका नागरिक तेन्जिङ्ग शेर्पाले संयुक्त रुपमा सन् १९५३ मा मानव इतिहासमा नै पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेसंगै नेपाल, न्युजिल्याण्ड बीचमा सुमधुर सम्बन्ध कायम भएको पराराष्ट्र सम्बन्धी जानकारहरुले बताउने गरेको पाईन्छ । तर हालसम्म पनि नेपालमा न्युजिल्याण्डको राजदुताबास स्थापना भएको छैन । भारतको राजधानी दिल्लीमा रहेको राजदुताबासले नेपाललाई हेर्ने गरेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर