अमेरिकाद्धारा भट्टराईको भिसा रद्द
काठमाडौं – भिजिट भिसामा नेपाली यात्रुहरुसंग गैरकानुनी रुपमा रकम असुली गर्ने गरेको अभियोगमा अनुसन्धानमा तानिएका हाल गृह मन्त्रालयका सहसचिब तिर्थराज भट्टराई र निजकी श्रीमती देवीमाया बराल भट्टराईको नाममा जारी मल्टिपल एन्टी भिसा अमेरिकाले रद्द गरेको जनाएको छ ।
भिजिट भिसाबाट अनाधिकृत रुपमा मानव तस्करी प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख अधिकृत भट्टराईलाई गएको बुधवार अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएसगैं नेपाल स्थित अमेरिकी दुतावासले भिसा रट्ट गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको स्रोतले बताएको छ । भट्टराई मंगलवार मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख अधिकृतबाट गृह मन्त्रालयमा सरुवा भएका थिए ।
अमेरिकाद्धारा भट्टराईको भिसा रद्द
प्रतिक्रिया



