spot_img

सैनामैना नगरपालिका वडा नं ८ मा बाटेको धुप बनाउने तालिम सुरु

 

सैनामैना नगरपालिका वडा नं ८ मा बाटेको धुप बनाउने तालिम सुरु

सैनामैना नगरपालिका वडा नं ८ मा २०८२/२/१९ गते बाट महिला हरुलाई बाटेको धुप बनाउने तालिम सुरु भएको छ जस्मा वडा भित्र का ६५ जना महिला हरुको सहभागिता रहेको छ ३ दिन सम्म चल्ने उक्त कार्यक्रममा अध्यक्षता वडाध्यक्ष बुद्धीराम चौधरी ले गर्नु भएको थियो प्रमुख अतिथि उप प्रमुख बिना राना हुनु हुन्थ्यो वडाका जनप्रतिनिधि र टोल बिकास का अध्यक्ष हरु को आथित्य मा कार्यक्रम भएको थियो भने वडा सदस्य नारायण न्यौपाने ले स्वागत गर्नुभएको थियो कार्यक्रम को उद्देश्य र प्रभावकारीता बारे दुर्गा माया श्रेष्ठले प्रकाश पार्नु भएको थियो प्रमुख अतिथि बिना राना ले अब तालिम लाई तालिम मा मात्र सिमित नराखी ब्यबसायिक बन्नु पर्ने मा जोट दिनु भयो

कार्यक्रम को अर्थ र प्रभावकारीता को बिषय मा बिषेश जोड दिदैं वडाध्यक्ष बुद्धीराम चौधरी ज्यु ले कार्यक्रम को समापन गर्नु भएको थियो

कार्यक्रम को सञ्चालन सैनामैना ८ का वडा सदस्य तथा सैनामैना नगरपालिका लेखा समिती संयोजक ईश्वरी भण्डारी ले गर्नु भएको थियो

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर