spot_img

सैनामैना वडा न ८ मा पेष्ट्री केक बेकरी र बारिस्ता सम्बन्धी तालीम

लेखक ईश्वरी भण्डारी

सैनामैना नगरपालिका वडा नं ८ मा नेपालका स्थानिय तहहरुले गराउने तालिम भन्दा पृथक तालिम सुरु भएको छ, जस्मा पेष्ट्री केक बेकरी र बारिस्ता सम्बन्धी तालीम दिईनेछ खास गरी १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवायुवती छनौट गरि नेपालमा रोजगारी गर्न पनि सकिने र बिदेश नै जाने हो भने पनि बिदेश मा रोजगारी को लागि काम लाग्ने बिषय छनौट गरि यो तलिम दिन सुरु गरिएको हो उक्त कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नं ८ का वडाध्यक्ष श्री बुध्दीराम चौधरी ले गर्नु भएको थियो प्रमुख अतिथि मा सैनामैना नगरपालिका का नगर प्रमुख फणिन्द्र प्रसाद शर्मा हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि मा नगर उप प्रमुख बिना राना हुनु हुन्थ्यो अतिथि को सैनामैना नगरपालिका वडा नं ८ का जन प्रतिनिधि र सबै टोल बिकास संस्था का अध्यक्ष ज्यु हरु हुनु हुन्थ्यो |कार्यक्रम मा स्वागत मन्तव्य वडा सदस्य तथा कार्यपालिका सदस्य दुर्गा माया श्रेष्ठले गर्नु भएको थियो कार्यक्रम को बारे मा प्रष्ट पार्दै सैनामैना नगरपालिका वडा नं ८ का वडा सदस्य तथा सैनामैना नगरपालिका का लेखा समिती संयोजक श्री ईश्वरी भण्डारी ले आफ्ना गहन मन्तब्य राख्नु भएको थियो यसैगरी कार्यक्रम को सफलता को शुभकामना दिँदै रामापुर टोल बिकास सस्थाका अध्यक्ष गोपाल बेल्बासे , वडा सदस्य नारायण न्यौपाने, नगर उप प्रमुख बिना राना ज्यु र नगर प्रमुख फणिन्द्र शर्मा ले मन्तब्य राख्नुभएको थियो कार्यक्रम आयोजक वडा का वडा अध्यक्ष श्री बुध्दीराम चौधरी ले तालिम लिदै गरेका भाई बहिनी हरुलाई आफ्नो जिबन कालमा कुनै पनि काम गर्न सक्ने गरि तयार गर्नको लागी यो तालिम र सहभागी छनौट गरि तालिम सुरु गरिएको र भाई बहिनी हरुको उत्तरोत्तर प्रगती साथै कार्यक्रम को भब्य सफलताको शुभकामना दिदै कार्यक्रम समापन गर्नु भयो |

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर