सैनामैनामा तातोहावा लू सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न
दिनेश घिमिरे

नेपाल रेडक्रस सोसाइटीको शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवन्धन परियोजनाको कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकामा विविध जनचेतना मूलक कार्यक्रमका साथ सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा सैनामैना नगरपालिकाका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो भने ” तातोहावाको लहर लूः को पहिचान र प्राथमिक उपचारमा जुनियर तथा यूवा रेडक्रस सर्कलको भूमिक ” भन्ने विषयमा चित्रकला प्रतियोगिता सँचालन गरिएको थियो । त्यसैगरि जनचेतनामूलक कार्यक्रमको रुपमा नगरपालिकामा भित्र वडा न १ देखि ११ सम्म माईकिङ् गरि तातोहावार लहर बाट बच्न भिन्न सन्देशहरु प्रसारण गरिनुका साथै भित्ते चित्रहरु समेत निर्माण गरि जनचेतनामूलक कार्यक्रम मार्फत जनचेतना समुदाय सम्म पु–याउने कार्य गरिएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी लूम्बीनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न थियो भने नगर बिपद ब्यबस्थापन सम्पर्क व्यक्ति सुरज न्यौपाने नगरपालिका क्षिक्षा शाखा प्रमुख राधा बेल्बासे, परियोजना अधिकृत श्री कृष्ण मल्ल सैनामैनामा क्रियाशिल सँचारकर्मीहरु, क्रियाशिल प्र.अ. शिक्षक नायक, सह शिक्षक नायक, जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरु नगर स्वयंसेबक व्यूरोका सदस्यहरु परियोजनाका कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको यियो । कार्यक्रमको सञ्चालन परियोजनाका सामुदायिक सहजकर्ता डिल्ली राज जोशीले सँचालन गर्नु भएको थियो । Beat the Heat मूल नाराका साथ नगरपालिकामा विभिन्न जनचेतनामूलक एवं सेवामुलक कार्यक्रम गरि दिवस सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रम सञ्चालनको मुख्य उदेश्य हाल विश्वभर तातो हावाको लहरले पु–याएको असरबारे सबै पक्षहरुलाई जनचेतनामूलक अभिबृद्धि गरी स्थानीय समुदायलाई सचेत बनाउनु रहेको बताइएको छ । तातोहावाको असरका सम्भावित कारणहरू र त्यसबाट हुन सक्ने क्षति तथा तिनको रोकथाम र नियन्त्रणका उपायहरूबारे जानकारी गराउनु रहेको थियो । कार्यक्रममा सहभागिहरूलाई तातोहावाको लहर आपतकालीन अवस्थामा अपनाउनुपर्ने प्रारम्भिक कदमहरू, सेवा समन्वय विधि, र प्राथमिक उपचारबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको बताइएको छ । सैनामैना नगरपालिकाका नगर स्वयंसेबक मधु गौतमले तातोहावा र लहर को रोकथामका बारेमा माईक बाट नगरपालिका मुख्य चोकहरु तथा हाटबजार क्षेत्रमा गएर जनचेतनामूलक सन्देश प्रसारण गरिएको जानकारी गराउनु भयो । यसैगरि मुर्गिया चोकमा भित्ते चित्र समेत बनाएर जनचेतना अभिबृद्धि गर्ने कार्यको समेत आज बाट शुरुवात गरिएको र केहि दिन सम्म उक्त कार्य विभिन्न स्थानहरुमा आयोजना गरिने बताइएको छ ।
कार्यक्रममा नगर विपद सम्पर्क इन्जिनियर सुरज न्यौपानेले कार्यक्रमको अवलोकन निरीक्षण तथा मूल्याकंन गरि योगदान गर्नुभएको थियो । कार्यक्रममा मनतव्यको क्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख राधा बेल्बासे ले कार्यक्रममा सहभागि विद्यार्थीहरुले बनाएका चित्र अत्यन्तै सन्देशमुलक र उत्कृष्ट रहेको, यस प्रकारका प्रतियोगिताहरुले विद्याथीहरुको व्यक्तित्व विकासमा उल्लेख्य मद्दत पुग्ने र पाठ्यक्रका अतिरिक्त सिकाई पूर्ण बनाउन मद्दत पुगेको बताउनु भयो ।
जिल्ला परियोजना अधिकृत कृष्ण मल्लले कार्यक्रममा तातोहावाको लहरको बारेमा शिक्षक तथा विद्यार्थीहरुलाई प्रस्तुतिका माध्यमबाट सुसुचित गराउनु भएको थियो ।
कार्यक्रमको मूल्याकंन पश्चात सहभागिहरुबाट प्रथम स्थान पर्रोहा मा.वि.कि छात्रा प्राप्ति , द्धितिय स्थान सैनामैना नमुना मा.वि.मा छात्र किसन,तृतीय स्थान दुर्गाभवानी मा.वि.का छात्र रिषिराम , चौथौ स्थान रामापुर मा.वि.का छात्रअकिंत लगायतले प्राप्त गरेका थिए । प्रथम, द्धितीय तृतिय तथा चौथो स्थान प्राप्त गर्ने विद्याथीहरुलाई परियोजनाका तर्फबाट नगद पुरष्कार र प्रमाणपत्र सहित सम्मान गरी मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तमा आफनो धारणा राख्दै नेपाल रेडक्रस सोसाईटी लुम्बीनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीले विगत दुई बर्ष देखि नेपाल रेडक्रस सोसाईटी र सैनामैना नगरपालिकाको सहकार्य तथा उक्त कार्यमा स्वीस रेडक्रसको समेत महत्वपुर्ण योगदान रहेको स्मरण गर्दै सहयोगका लागि सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।



