राष्ट्रिय युवा संघ नेपाल र रेन्बो एकेडेमी द्वारा आयोजित समय व्यवस्थापन तथा नेतृत्व विकास प्रशिक्षण तालिम सम्पन्न
गोविन्द आचार्य/ कञ्चन रुपन्देही

राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाउँ कमिटी र रेन्बो एकेडेमी कञ्चन ३ हरैयाद्वारा संयुक्त आयोजित समय व्यवस्थापन तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तालिम राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाउँ कमिटी अध्यक्ष जीवन क्षेत्रीको अध्यक्षता, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा एमाले कञ्चन गाँउपालिकाका ईन्चार्ज भरतमणी सापकोटाको प्रमुख आतिथ्यता तथा कञ्चन गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री र रेन्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देहीका प्रमुख समिर ढकालको बिशिष्ट आतिथ्यतामा तालिम सम्पन्न भएको हो l
तालिम समापन पछिको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सापकोटाले धेरै टाढाबाट आफ्नो अमुल्य समय खर्चेर तालिमको सहजिकरण गरेको भन्दै प्रशिक्षक डा. शान्ता शर्मालाई धन्यबाद दिदैँ रेन्बो एकेडेमी कञ्चन ३ हरैयाले समाज परिर्वतनका लागी सचेनतामुलक कार्यक्रमका साथै विभिन्न तालिम संचालन गर्दै आईरहेको बताउनु भएको थियो ।
यस्तै कञ्चन गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाउँ कमिटी र रेन्बो एकेडेमीले विभिन्न तालिमहरु संचालन गर्दै कन्चनका यूवा युवतीहरुलाई सकरात्मक बाटोमा अघि बढ्न प्रेरित गराएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन सुझाब दिनुभयो ।
समय व्यवस्थापन तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम प्रशिक्षक डा. शान्ता शर्माले हरेक व्यक्तीले कसरी आफ्नो समय व्यवस्थापन गर्न सक्छ र सोही अनुरुप कार्य योजना बनाई अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।
साथै समय अनुसार आफुलाई व्यवस्थित गर्न सके जीवन यापन गर्न सहज बनाउने र कतिपय व्यक्तिहरूलाई समय व्यवस्थापन गर्न नजान्नाले धेरै समस्या आएको प्रशिक्षक डाक्टर शान्ता शर्माले बताउनुभएको थियो ।
साथै प्रशिक्षक डा. शर्माले समयको उचित व्यवस्थापन गर्न नसक्ने मानिस अफिस र समाजमा कहिल्यै पनि आफ्नो व्यक्तित्वको विकास गर्न नसक्ने बताउदै एक सफल व्यक्ति बन्न समय व्यवस्थापनले सहयोग गर्ने बताउनु भयो। समयको महत्व नबुझ्ने र समय व्यवस्थापन गर्न नसक्ने व्यक्ति कहिले पनि व्यवस्थापक बन्न नसक्ने जिकिर गर्नु भयो ।
रेन्बो एकेडेमीले यस्ता तालिमहरु राष्ट्रिय युवा संघ सँगै र अन्य संघसंस्थासँग समन्वय गरेर कार्यक्रमहरु गरिरहेको छ । आगामी दिनमा पनि यस संस्थाले यस्ता महत्वपूर्ण तालिमहरु सञ्चालन गर्ने रेन्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देहीका प्रमुख समिर ढकालले बताउनु भएको थियो ।
युवा संघ नेपाल कञ्चन गाउँ कमिटी अध्यक्ष जीवन क्षेत्रीको अध्यक्षता, रेन्बो एकेडेमी कञ्चन ३ हरैया रुपन्देहीका प्रमुख समिर ढकालको स्वागत बाट शुरु भएको तालिमको संचालन अनेरास्वयु हरैया बहुमुखी क्याम्पसका निवर्तमान सभापति प्रदिप शर्मा गर्नु भएको थियो । तालिम हरैया बहुमुखी क्याम्पसको सभाहल सम्पन्न भएको छ ।
तालिममा नेकपा एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष भानुभक्त भण्डारी, सचिव उमा गौतम ढकाल, राष्ट्रिय युवा सघंमा आबद्ध रहनुभएका सम्पूर्ण पदाधिकारी तथा बिद्यार्थीहरु लगाएतको तालिममा उपस्थित रहेको थियो ।
२०० जना भन्दा बढीको सहभागिता रहेको तालिममा आफनो महत्वपूर्ण समय दिदै उत्कृष्ट सहभागीता जनाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल कञ्चन गाउँ कमिटी अध्यक्ष जीवन क्षेत्रीले धन्यबाद दिनुभएको थियो ।
तालिम समापन पछि प्रशिक्षक डा.शान्ता शर्मा र अनिल प्रसाद श्रेष्ठलाई सम्मान पत्र तथा अन्य अतिथीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।



