न्यु एकेडेमी र जनचेतनाबाट सबै पास एसइईमा : सैनामैना
सैनामैना ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित न्यु एकेडेमी इङ्लिस स्कुल र जनचेतना माविले यस वर्षको एसइइमा सबैजना विद्यार्थी पास भएको छन।

पछिल्लो समय स्थानीय स्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर अब्बल हुँदै छ भन्ने कुरा यस वर्षको ए.स.ई.ई परीक्षाले पुष्टि गरेको छ ।
यसैबीच रुपन्देहीको सैनामैनाबाट जनचेतना मा.वि र न्यु एकेडेमी बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुले एसइई मा सहभागी भई उच्च ग्रेड सहित शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन ।
सैनामैनामा रहेका संस्थागत विद्यालयहरु तर्फको ए.स.ई.ई नतिजालाई हेर्दा न्यु ऐकेडेमी बोर्डिङ स्कुल अग्र स्थानमा रहेको देखिएको छ । उक्त स्कुलबाट ए.स.ई.ई मा ४६ जनाको सहभागीमध्ये सबै उत्तीर्ण भएका छन्।
त्यस्तै स्रोतका अनुसार सैनामैना नगरपालिका वडा नं ९ मा रहेको जनचेतना माध्यमिक विद्यालयबाट एसईई परीक्षामा २७ जना परीक्षार्थी सहभागी भएका थिए । सहभागी सबैजना उत्तीर्ण भएकै कारण सत प्रतिशत नतिजा ल्याएर सफलता हासिल गरेको हो ।
सैनामैना नगरपालिकाले आइतबार प्रकाशन गरेको नतिजा प्रकाशन विवरण अनुसार सैनामैना नगरपालिका भित्र रहेका २३ वटा विद्यालयहरुबाट १५५० जना विद्यार्थी ए.स.ई.ई परीक्षामा सहभागी भएका थिए, जसमध्ये १३२४ जना (८५.५ %) विद्यार्थीहरुले सफलतापूर्वक नतिजा ल्याउन सकेका हुन् ।



