रुपन्देहीको कन्चन १ लौसामा सन्चालित दुर्गा माध्यमिक बिद्यालय एसईईमा उत्कृष्ट बिद्यार्थी तथा विषयगत शिक्षक लाई न्यु मुनलाईट युवा क्लब को प्राविधिक सहयोगमा सम्मान गरेको छ ।दुर्गा माध्यमिक बिद्यालयमा सिम्रन थारुले ३.८० जिपिए र युज्मा पुनले ३.७६ जिपिए लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले विगतका वर्ष भन्दा यस वर्ष दुर्गा माध्यमिक बिद्यालयले राम्रो रिजल्ट लिएकोमा धन्यवाद दिदै दुर्गा माध्यमिक बिद्यालय लाई आवश्यकता अनुसार पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउदै बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, बिद्यार्थी, अभिभावक, सल्लाहकार सम्पूर्ण लाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष मौशमी थापा ,पालिका प्रवक्ता चित्रलाल तुलाचनले कन्चन १ मा सन्चालित सबै बिद्यालयले SEE मा राम्रो रिजल्ट ल्याउन सफल भएकोमा शुभकामना दिदै दुर्गा माध्यमिक बिद्यालयले गरेको मेहनत को पालिकाले मुल्यांकन गर्ने बताउदै रिजल्ट राम्रो आउनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो
यस्तै कार्यक्रममा संस्थापक बिद्यालयका प्र. अ. फटिक बहादुर के. सी., सल्लाहकार दुर्गा बहादुर थापा, न्यु मुनलाईट युवा क्लबका सचीव दिनेश घिमिरे, पुर्व अभिभावक संघ अध्यक्ष धन बहादुर भुजेल, बिद्यालयका प्र. अ. डोलराम पौडेल, पुर्व प्र .अ. किरण गौतम लगाएतले मन्तव्य राख्दै दुर्गा माध्यमिक बिद्यालय को शैक्षिक सुधार भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनको
शुभकामना दिनु भयो । यस्तै न्यु मुनलाईट युवा क्लब, आमा समुह, टोल विकास संस्था, संस्थापक प्र अ फटिक बहादुर के से सी ले बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष यम बहादुर कार्की, पुर्व प्र अ किरण गौतम लगाएत सम्पूर्ण शिक्षक हरुलाई सम्मान पत्र र खादाले सम्मान गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष हरिनारायण थारु , सल्लाहकार , जगा दाता , अक्षकोष दाता , सामाज सेवी, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयका वरिष्ठ शिक्षक माया ज्ञवालिले गर्नु भएको थियो। कार्यक्रमका अध्यक्ष बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष यम बहादुर कार्कीले जनप्रतिनिधि, कर्मचारी, बिद्यालयका शिक्षक, बिद्यार्थी , अभिभावक , सल्लाहकार सम्पूर्ण लाई रिजल्ट राम्रो ल्याउन सहयोग गरेकोमा धन्यवाद दिदै दुर्गा माध्यमिक बिद्यालयले धेरै रिजल्ट शतप्रतिशत लिएको समेत जानकारी गराउदै गतसाल प्राविधिक केही समस्याले रिजल्ट कम्जोर आएको र अब आफुहरु शत प्रतिशत रिजल्ट ल्याउने गरि लाग्ने बताउनु भयो । २८ जना बिद्यार्थीमा दुर्गा माध्यमिक बिद्यालयले २६ जना उत्तीर्ण गराउन सफल भएको थियो।

कार्यक्रम को सन्चलान सन्चालन सहायक प्र अ सन्तोष श्रेष्ठले गर्नु भएको थियो ।



