राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयता सपथ खुवाएका छन्। सपथपछि उनले नवियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन पनि गरे।बधाई दिने बेलामा राष्ट्रपति पौडेलले ‘देश सफल होस्, जनता पनि बचून’ भनेका थिए। ‘धेरै धेरै बधाई छ। देश सफल होस्। जनता बचून,’ उनले भनेका थिए।



