spot_img

लुम्बिनी प्रदेशमा जेन्जी आन्दोलनले पुराएको क्षती

जेन जीहरूको आन्दोलनपछिको आगजनी, तोडफोड तथा लुटपाटबाट अशान्त बनेको जनजीवन सामान्य बन्दै गएको छ।भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल बन्द गरेको विरुद्धमा गत भदौ २३ र २४ गते जेन जीहरूले गरेको आन्दोलनको क्रममा गोली लागेर, झडपमा परेर र आगलागीमा परेर ७२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भई विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

जेन जी आन्दोलनपछि कारागारबाट भाग्ने क्रममा ५ जना कैदी बन्दीको मृत्यु भएको थियो। लुम्बिनीका तराईका जिल्लाहरूमा भौतिक रूपमा भने ठुलो क्षति भएको छ। स्थानीय प्रशासनले जिल्लाहरूमा भएको भौतिक क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। प्रहरीका अनुसार धेरै जसो जिल्लामा आइतबार बिहानसम्म कर्फ्यु र निषेधाज्ञा जारी रहेकोले दिउसो देखि मात्रै क्षतिको विवरण सङ्कलनको काम सुरु गरिएको थियो।असोज १ गते सम्म पनि लुम्बिनीका कुन जिल्लामा कुन सरकारी कार्यालय, प्रहरी चौकी, राजनीतिक दल र सङ्घसंस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिका कति निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको छ भन्ने यकिन तथ्याङ्क प्राप्त भएको छैन।

सम्बन्धित जिल्लाका प्रहरी प्रशासनले दिएको तथ्याङ्क अनुसार सोमबार बिहानसम्म सरकारी कार्यालय, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा आगजनी, तोडफोड र लुटपाट भएको पाइएको छ।

प्रदर्शनकारीहरूले गरेको आगजनी, तोडफोड र लुटपाटबाट सबैभन्दा बढी रुपन्देहीमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार रुपन्देहीमा अहिलेसम्म कुन कुन कार्यालयमा कस्तो क्षति भएको छ भन्ने यकिन तथ्याङ्क र विवरण आई नपुगे पनि सोमबार बिहानसम्म प्राप्त विवरण अनुसार सरकारी र निजी गरी ६० भन्दा बढी भवनहरूमा आगजनी, तोडफोड र लुटपाट भएको छ।

रुपन्देही

यो आन्दोलनमा सबैभन्दा बढी भौतिक पुर्वाधारमा क्षती ब्यहोर्नु परेको रुपन्देहीले हो। रुपन्देहीमा बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय, उनको निवास, उच्च अदालत तुलसीपुर बुटवल इजलास, बुटवल मालपोत कार्यालय, यातायात कार्यालय, प्रदेश लोक सेवा आयोग, श्रम कार्यालय बुटवल, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय, बुटवल उपमहानगरपालिका वडा नं ४ को कार्यालय, उच्च सरकारी वकिल कार्यालय, लोकसेवा आयोग, राष्ट्रिय अनुसन्धान कार्यालय बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवलमा आगजनी र तोडफोड भएको छ। आगजनी र तोडफोडबाट अधिकांश कार्यालयका भवनहरू ध्वस्त भएका छन्।त्यस्तै भैरहवा स्थित जिल्ला अदालत, सिद्धार्थनगर नगरपालिकाको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, भैरहवा भन्सार कार्यालय, जिल्ला वन डिभिजन कार्यालय,आन्तरिक राजस्व कार्यालय भैरहवा, लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय, कञ्चन गाउँपालिका वडा नं.१ को कार्यालय, तिलोत्तमा नगरपालिका वडा नं. ५ का कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

त्यस्तै सैनामैना नगरपालिका र देवदह नगरपालिकामा पनि तोडफोड भएको छ। प्रदर्शनकारीहरूले बुटवल बसपार्कमा रहेको अस्थायी प्रहरी बिट, जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय मङ्गलापुर र अस्थायी प्रहरी बिट गल्लामण्डीमा पनि आगजनी र तोडफोड गरेका छन्।

प्रहरी कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा एउटा गाडी र २७ वटा मोटर साइकलमा आगजनी गरिएको छ भने कतिपय मोटरसाइकल लुटिएका छन्। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सरकारी गाडीहरूमा पनि तोडफोड र आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले सरकारी कार्यालयसँगै विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूका दर्जन बढी भवनहरूमा आगो लगाएर ध्वस्त बनाएका छन्। भदौ २४ गतेको प्रदर्शनको क्रममा तिलोत्तमा १ शङ्कर नगर स्थित लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी र सँगै रहेको तिलोत्तमा वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीको घरमा आगो लगाएर ध्वस्त बनाएका छन्।

त्यस्तै प्रदर्शनकारीहरूले तिलोत्तमा ८ चार नम्बर स्थित पूर्व गृहमन्त्री बालकृष्ण खाँण, उनका भाइ श्यामकृष्ण खाँण र तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणका घरमा आगो लगाएर ध्वस्त बनाएका छन्। रामकृष्णको घरमा आंशिक क्षति भए पनि बालकृष्ण र श्यामकृष्णका घर भने पूर्ण रूपमा जलेर ध्वस्त भएका छन्।

त्यस्तै सैनामैना नगरपालिकाका मेयर फणीन्द्र शर्मा र उपमेयर बिना रानाको घरमा आगजनी र तोडफोड गरिएको छ। सैनामैना नगरपालिकाका पूर्व मेयर चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका पूर्व मेयर एवं सङ्घीय सांसद वासुदेव घिमिरे र देवदह नगरपालिकाका मेयर ध्रुव खरेलको घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको छ।

प्रदर्शनकारीहरूले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, सिद्धार्थनगरका पूर्व मेयर एवं राप्रपाका नेता सागर प्रताप राणा र सङ्घीय सांसद शर्बेन्द्र नाथ शुक्लाको घरमा आगजनी र तोडफोड गरेका छन्। यी सबै जसो घरहरू आगो लगाएर ध्वस्त पारिएको छ।

त्यस्तै एमालेका नेता एवं लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेय घरमा पनि तोडफोड तथा आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सँगै घरभित्र रहेका सुनका गरगहना र नगद लुटेर लगेको पीडितहरूले जनाएका छन्। तिलोत्तमा वडा नं. १ का अध्यक्ष फर्सुराम गिरीले घरभित्र रहेका ३२ तोला सुनका गरगहना लुटेर लगेपछि घरमा आगो लगाएको बताए। सङ्घीय सांसद घिमिरे र पूर्व मुख्यमन्त्री लीला गिरीको घरबाट पनि नगद, सुनका गरगहना र महँगा सामान चोरी गरेपछि प्रदर्शनकारीहरूले आगो लगाएका थिए।

प्रदर्शनको नाममा रुपन्देहीका चार वटा ठुला होटेलमा पनि आगजनी, तोडफोड र लुटपाट भएको छ। बुटवल मिलनचोक स्थित ड्रिम इन्टरनेशनल होटेल, तिलोत्तमाको मणिग्राम स्थित ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट, ड्राइभर टोल स्थित टु लिप होटेल, भैरहवास्थित बोधी रेडसेन होटेलमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ। होटेल सञ्चालकहरूका अनुसार सबैभन्दा बढी ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा क्षति भएको छ।

उक्त होटेलका अधिकांश संरचनामा आगो लगाएर क्षति बनाइएको छ। होटेलमा रहेको क्यासिनो समेत आगजनीबाट ध्वस्त बनेको छ। त्यस्तै ड्रिम इन्टरनेशनल, टु लिप र बोधि रेडसनबाट डिस्प्लेमा राखिएका मदिरा लगायतका वस्तुहरू फुटाल्ने र लुटपाट गरिएको छ।

प्रदर्शनकारीहरूले बुटवल र भैरहवामा रहेका राजनीतिक दलका कार्यालयहरू पनि आगजनी र तोडफोड गरेका छन्। बुटवल सुख्खा नगरमा रहेको नेकपा एमालेको लुम्बिनी प्रदेश कार्यालय, तिलोत्तमामा रहेको नगर पार्टी कार्यालय तथा भैरहवामा रहेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन्।

त्यस्तै नेपाली काँग्रेसको भैरहवास्थित जिल्ला पार्टी कार्यालय र बुटवल मैनाबगर स्थित नगर पार्टी कार्यालयमा आगजनी गरेका छन्। त्यस्तै बुटवल मजुवामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको छ।समयचक्र
Sine bank
ट्रेन्डिङ
##रेष्टुरेण्ट व्यवसायी संघ
## माधव नेपाल
## बुटवल
## भुटानी शरणार्थी प्रकरण
### सम्पादकीय नीति
##sunchadi
बिशेषगृहपृष्ठबिशेषजेएनजी आन्दोलनमा लुम्विनी प्रदेशमा कहां कति क्षती भयो ?
जेएनजी आन्दोलनमा लुम्विनी प्रदेशमा कहां कति क्षती भयो ?
दिनेश पाण्डे
दिनेश पाण्डे
बुधबार, असोज १, २०८२
7
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing butto
जेएनजी आन्दोलनमा लुम्विनी प्रदेशमा कहां कति क्षती भयो ?
बुटवल / जेन जीहरूको आन्दोलनपछिको आगजनी, तोडफोड तथा लुटपाटबाट अशान्त बनेको जनजीवन सामान्य बन्दै गएको छ।भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल बन्द गरेको विरुद्धमा गत भदौ २३ र २४ गते जेन जीहरूले गरेको आन्दोलनको क्रममा गोली लागेर, झडपमा परेर र आगलागीमा परेर ७२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भई विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

जेन जी आन्दोलनपछि कारागारबाट भाग्ने क्रममा ५ जना कैदी बन्दीको मृत्यु भएको थियो। लुम्बिनीका तराईका जिल्लाहरूमा भौतिक रूपमा भने ठुलो क्षति भएको छ। स्थानीय प्रशासनले जिल्लाहरूमा भएको भौतिक क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। प्रहरीका अनुसार धेरै जसो जिल्लामा आइतबार बिहानसम्म कर्फ्यु र निषेधाज्ञा जारी रहेकोले दिउसो देखि मात्रै क्षतिको विवरण सङ्कलनको काम सुरु गरिएको थियो।

असोज १ गते सम्म पनि लुम्बिनीका कुन जिल्लामा कुन सरकारी कार्यालय, प्रहरी चौकी, राजनीतिक दल र सङ्घसंस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिका कति निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको छ भन्ने यकिन तथ्याङ्क प्राप्त भएको छैन।

सम्बन्धित जिल्लाका प्रहरी प्रशासनले दिएको तथ्याङ्क अनुसार सोमबार बिहानसम्म सरकारी कार्यालय, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा आगजनी, तोडफोड र लुटपाट भएको पाइएको छ।

प्रदर्शनकारीहरूले गरेको आगजनी, तोडफोड र लुटपाटबाट सबैभन्दा बढी रुपन्देहीमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार रुपन्देहीमा अहिलेसम्म कुन कुन कार्यालयमा कस्तो क्षति भएको छ भन्ने यकिन तथ्याङ्क र विवरण आई नपुगे पनि सोमबार बिहानसम्म प्राप्त विवरण अनुसार सरकारी र निजी गरी ६० भन्दा बढी भवनहरूमा आगजनी, तोडफोड र लुटपाट भएको छ।

रुपन्देही

यो आन्दोलनमा सबैभन्दा बढी भौतिक पुर्वाधारमा क्षती ब्यहोर्नु परेको रुपन्देहीले हो। रुपन्देहीमा बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय, उनको निवास, उच्च अदालत तुलसीपुर बुटवल इजलास, बुटवल मालपोत कार्यालय, यातायात कार्यालय, प्रदेश लोक सेवा आयोग, श्रम कार्यालय बुटवल, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय, बुटवल उपमहानगरपालिका वडा नं ४ को कार्यालय, उच्च सरकारी वकिल कार्यालय, लोकसेवा आयोग, राष्ट्रिय अनुसन्धान कार्यालय बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवलमा आगजनी र तोडफोड भएको छ। आगजनी र तोडफोडबाट अधिकांश कार्यालयका भवनहरू ध्वस्त भएका छन्।

त्यस्तै भैरहवा स्थित जिल्ला अदालत, सिद्धार्थनगर नगरपालिकाको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, भैरहवा भन्सार कार्यालय, जिल्ला वन डिभिजन कार्यालय,आन्तरिक राजस्व कार्यालय भैरहवा, लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय, कञ्चन गाउँपालिका वडा नं.१ को कार्यालय, तिलोत्तमा नगरपालिका वडा नं. ५ का कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

त्यस्तै सैनामैना नगरपालिका र देवदह नगरपालिकामा पनि तोडफोड भएको छ। प्रदर्शनकारीहरूले बुटवल बसपार्कमा रहेको अस्थायी प्रहरी बिट, जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा, इलाका प्रहरी कार्यालय मङ्गलापुर र अस्थायी प्रहरी बिट गल्लामण्डीमा पनि आगजनी र तोडफोड गरेका छन्।

प्रहरी कार्यालयहरूमा भएको आगजनी र तोडफोडमा एउटा गाडी र २७ वटा मोटर साइकलमा आगजनी गरिएको छ भने कतिपय मोटरसाइकल लुटिएका छन्। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सरकारी गाडीहरूमा पनि तोडफोड र आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले सरकारी कार्यालयसँगै विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूका दर्जन बढी भवनहरूमा आगो लगाएर ध्वस्त बनाएका छन्। भदौ २४ गतेको प्रदर्शनको क्रममा तिलोत्तमा १ शङ्कर नगर स्थित लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी र सँगै रहेको तिलोत्तमा वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीको घरमा आगो लगाएर ध्वस्त बनाएका छन्।

त्यस्तै प्रदर्शनकारीहरूले तिलोत्तमा ८ चार नम्बर स्थित पूर्व गृहमन्त्री बालकृष्ण खाँण, उनका भाइ श्यामकृष्ण खाँण र तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणका घरमा आगो लगाएर ध्वस्त बनाएका छन्। रामकृष्णको घरमा आंशिक क्षति भए पनि बालकृष्ण र श्यामकृष्णका घर भने पूर्ण रूपमा जलेर ध्वस्त भएका छन्।

त्यस्तै सैनामैना नगरपालिकाका मेयर फणीन्द्र शर्मा र उपमेयर बिना रानाको घरमा आगजनी र तोडफोड गरिएको छ। सैनामैना नगरपालिकाका पूर्व मेयर चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका पूर्व मेयर एवं सङ्घीय सांसद वासुदेव घिमिरे र देवदह नगरपालिकाका मेयर ध्रुव खरेलको घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको छ।

प्रदर्शनकारीहरूले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, सिद्धार्थनगरका पूर्व मेयर एवं राप्रपाका नेता सागर प्रताप राणा र सङ्घीय सांसद शर्बेन्द्र नाथ शुक्लाको घरमा आगजनी र तोडफोड गरेका छन्। यी सबै जसो घरहरू आगो लगाएर ध्वस्त पारिएको छ।

त्यस्तै एमालेका नेता एवं लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेय घरमा पनि तोडफोड तथा आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले आगजनी र तोडफोड सँगै घरभित्र रहेका सुनका गरगहना र नगद लुटेर लगेको पीडितहरूले जनाएका छन्। तिलोत्तमा वडा नं. १ का अध्यक्ष फर्सुराम गिरीले घरभित्र रहेका ३२ तोला सुनका गरगहना लुटेर लगेपछि घरमा आगो लगाएको बताए। सङ्घीय सांसद घिमिरे र पूर्व मुख्यमन्त्री लीला गिरीको घरबाट पनि नगद, सुनका गरगहना र महँगा सामान चोरी गरेपछि प्रदर्शनकारीहरूले आगो लगाएका थिए।

प्रदर्शनको नाममा रुपन्देहीका चार वटा ठुला होटेलमा पनि आगजनी, तोडफोड र लुटपाट भएको छ। बुटवल मिलनचोक स्थित ड्रिम इन्टरनेशनल होटेल, तिलोत्तमाको मणिग्राम स्थित ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट, ड्राइभर टोल स्थित टु लिप होटेल, भैरहवास्थित बोधी रेडसेन होटेलमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ। होटेल सञ्चालकहरूका अनुसार सबैभन्दा बढी ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा क्षति भएको छ।

उक्त होटेलका अधिकांश संरचनामा आगो लगाएर क्षति बनाइएको छ। होटेलमा रहेको क्यासिनो समेत आगजनीबाट ध्वस्त बनेको छ। त्यस्तै ड्रिम इन्टरनेशनल, टु लिप र बोधि रेडसनबाट डिस्प्लेमा राखिएका मदिरा लगायतका वस्तुहरू फुटाल्ने र लुटपाट गरिएको छ।

प्रदर्शनकारीहरूले बुटवल र भैरहवामा रहेका राजनीतिक दलका कार्यालयहरू पनि आगजनी र तोडफोड गरेका छन्। बुटवल सुख्खा नगरमा रहेको नेकपा एमालेको लुम्बिनी प्रदेश कार्यालय, तिलोत्तमामा रहेको नगर पार्टी कार्यालय तथा भैरहवामा रहेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन्।

त्यस्तै नेपाली काँग्रेसको भैरहवास्थित जिल्ला पार्टी कार्यालय र बुटवल मैनाबगर स्थित नगर पार्टी कार्यालयमा आगजनी गरेका छन्। त्यस्तै बुटवल मजुवामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको छ।

प्रदर्शनकारीहरूले बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट गरेका छन्। भाटभटेनीका दुई वटै केन्द्रमा रहेका अधिकांश वस्तुहरू फुटाउने र चोरी गरेर लगेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्।

कपिलवस्तु

हालसम्म कपिलवस्तुमा ५ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवास, कर कार्यालय, जिल्ला कारागार र जिल्ला अदालतमा तोडफोड गरिएको छ। यी सबै कार्यालय तौलिहवाका हुन्। यी कार्यालयहरूमा भएको क्षतिको विवरण भने यकिन हुन सकेको छैन।

त्यस्तै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका घर गरी १२ वटा भवनमा आगजनी र तोडफोड गरिएको छ।
कपिलवस्तुमा नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा बोर्ड तोडफोड, नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ। त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, पूर्व सांसद दीप कुमार उपाध्याय, भूमि आयोगका अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता डम्मर शर्मा र पूर्व मन्त्री सुरेन्द्रराज आचार्यको घरमा आगजनी र तोडफोड भएको छ।

आगलागी तथा तोडफोड भएका घरहरू अन्य सबै बाणगंगा नगरपालिकाका हुन् भने आचार्यको घर मात्रै बुद्धभूमी नगरपालिकामा रहेको थियो।

दाङ

दाङमा २० वटा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ। स्थानीय प्रशासनका अनुसार घोराही १५ स्थित नापी कार्यालयमा तोडफोड र आगजनी, वडा नं. १४ को कार्यालय, वडा नं. ८, वडा नंं ५, ११, १२ र वडा नं. १८ को कार्यालयमा तोडफोड, घोराही स्थित जिल्ला अदालतको गेटमा तोडफोड र आगजनी गरिएको छ।

त्यस्तै घोराही स्थित सडक डिभिजन कार्यालय, बबई गाउँपालिकाको कार्यालय, बबई वडा नं. ४ र ५ को वडा कार्यालयमा तोडफोड तथा आगजनी भएको छ।

आन्दोलनको क्रममा ढुङ्गा मुढा गर्दा इलाका प्रशासन कार्यालय तुलसीपुरको भवन र नागरिक सहायता कक्षका झ्यालका सिसा फुटेका छन्। सोही क्रममा तुलसीपुर उपमहानगरपालिकामा रहेको बा.२ झ. ४८ न. को गाडीको सिसा फुटेको छ भने घोराही उपमहानगरपालिकाको कार्यालयमा रहेको गाडीमा आगजनी गरिएको छ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा आगजनी तथा तोडफोड भएको छ। तुलसीपुर वडा नं. ६ को कार्यालय, वडा नं. ८, ८, १८ र वडा नं. ५ बसपार्कमा नगरपालिकाले निर्माण गरेका घर र टहराहरूमा आगजनी र तोडफोड भएको छ।

तुलसीपुरमा रहेको कर कार्यालय, मालपोत कार्यालय, नेपाल आयल निगमको डिपो र उच्च अदालत तुलसीपुरमा आगजनी र तोडफोड गरिएको छ।दाङमा करिब १० वटा प्रहरी कार्यालय र चौकीहरूमा तोडफोड भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीको भवनमा आगजनी गरिएको छ भने वडा नं. ३ चौपट्टामा रहेको अस्थायी प्रहरी बिटमा तोडफोड भएको छ।

त्यस्तै घोराही ४ रामपुर स्थित प्रहरी चौकी, गोग्ली पोस्ट, इलाका प्रहरी कार्यालय नारायणपुर, बेलझुण्डीस्थित अस्थायी प्रहरी पोस्ट, वडा प्रहरी कार्यालय घोराहीमा समेत तोडफोड र आगजनी भएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय र सर्रामा रहेका २ वटा अस्थायी प्रहरी पोस्टको बिटमा तोडफोड भएको छ।प्रदर्शनकारीहरूले घोराही बसपार्क स्थित अस्थायी प्रहरी पोस्टको बिटमा तोडफोड गरेका छन् भने सोही कार्यालयको बा २ ब ८९२१ न.को मोटरसाइकल, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेको बा.प्र. BAC ४७१० न.को गाडी र १६ वटा जति मोटरसाइकलमा आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले दाङका विभिन्न स्थानहरूमा रहेका विभिन्न राजनीतिक दलहरूका ८ वटा पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन्। प्रहरीका अनुसार नेकपा एमाले र नेपाली काँग्रेसका जिल्ला पार्टी कार्यालय, घोराही स्थित माओवादी केन्द्र, राप्रपा, नारायणपुरमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ। त्यस्तै तुलसीपुर स्थित नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

त्यस्तै आधा दर्जन बढी व्यक्तिका घर र प्रतिष्ठानहरूमा आगजनी र तोडफोड गरेका छन्। प्रहरीका अनुसार घोराही स्थित पूर्व मेयर नरुलाल चौधरी, नेकपा एमालेकी पूर्व सांसद कोमल वली र पूर्व सांसद हिराचन्द्र के.सी. को घरमा आगजनी र तोडफोड गरेको छन्। त्यस्तै तुलसीपुर उपमहानगरपालिका स्थित नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेल, अर्का पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र पूर्व मन्त्री गेहेन्द्र गिरीको घरमा आगजनी र तोडफोड भएको छ।

घोराही उपमहानगरपालिकामा रहेको होटेल मालाईनमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्। उक्त होटेल एमाले नेतृ कोमल वलीले यसै वर्ष मात्र सञ्चालनमा ल्याएकी थिइन्।
बाँके

जेन जी को प्रदर्शनको क्रममा बाँकेमा झन्डै दुई दर्जन जति सरकारी र व्यक्तिका भवनमा आगजनी र तोडफोड गरिएको छ। प्रहरीका अनुसार बाँकेको कोहलपुरस्थित नापी कार्यालय, मालपोत कार्यालय, विद्युत् कार्यालय, कोहलपुर नगरपालिकाको कार्यालय, राजश्व कार्यालय, इलाका प्रशासन कार्यालय र कोहलपुर नगरपालिका वडा नं. ८ को कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला अदालत, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास, मालपोत कार्यालय नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय, नरैनापुर गाउँपालिका कार्यालय इलाका प्रशासन कार्यालय नरैनापुर, इलाका प्रहरी कार्यालय जयसपुर र ट्राफिक पोस्ट नेपालगन्जमा आगजनी र तोडफोड गरिएको छ। आगलागी र तोडफोडबाट बाँकेका अधिकांश कार्यालय पूर्ण रूपमा क्षति भएका छन्।

प्रदर्शनकारीहरूले कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यको घर, नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन्। सोही क्रममा वडा प्रहरी कार्यालय बाँकेको बा.प्र.०१–००२ झ ६२७२ नं. को गाडी र थुनुवा लिई गएको इलाका प्रहरी कार्यालय बाँकेको बा २ झ ३०७८ नं. को वान टनमा आगजनी गरी नष्ट गरिदिएका छन्।

पश्चिम नवलपरासीमा भएको क्षतिको विवरण

नवलपरासीमा प्रदर्शनकारीहरूको आगजनी र तोडफोडबाट सरकारी, सङ्घसंस्था र निजी गरी झन्डै ४० वटा घरमा क्षति भएको छ। प्रहरीका अनुसार आगजनी र तोडफोडमा परेका अधिकांश भवनहरू पूर्ण रूपमा क्षति भएका छन्।बर्दघाट नगरपालिकाको कार्यालय, बर्दघाट वडा नं. १, वडा नं. ४, वडा नं १०, सरावाल गाउँपालिका वडा नंं १ र वडा नं. २ को कार्यालय र राष्ट्रिय आवास कम्पनी आगजनी र तोडफोडबाट पूर्ण रूपमा ध्वस्त भएका छन्।

त्यस्तै पारिजात सामुदायिक वनको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र त्यहाँ रहेका दुई वटा सरकारी गाडी र एउटा मोटरसाइकलमा आगजनी र तोडफोड भएको छ।

प्रहरीका अनुसार रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, सुनवल नगरपालिकाको १ नं. वडा कार्यालय, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, पाल्हिनन्दन गाउँपालिका, वडा नं. ३ को कार्यालय, सरावाल गाउँपालिका ७ नं. वडा कार्यालयमा तोडफोड तथा आगजनी भएको छ।

त्यस्तै राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी पार्टीका कार्यालयहरूमा आगजनी र तोडफोड गरिएको छ। प्रदर्शनकारीहरूले प्रतापपुर गाउँपालिकाको लु १ झ ३७० नं को चार पाङग्रे गाडीमा र सुस्ता गाउँपालिकाको गाडीमा आगजनी गरेका छन् भने बिपी कोइरालाको सालिक तोडफोड गरेका छन्।

यस्तै विभिन्न राजनीतिक दलका नेताहरू नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, सङ्घीय सांसद सरिता खनाल, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, उपमेयर रुद्र प्रकाश उपाध्याय, बर्दघाटका पूर्व मेयर धिरज बस्याल, प्रदेश सांसद विश्व प्रेम पाठक, सुनवल नगरपालिकाका मेयर विमला अर्याल, सङ्घीय सांसद विनोद चौधरीको सचिवालय र बर्दघाट उद्योग वाणिज्य सङ्घको भवनमा आगजनी र तोडफोड गरिएको छ। यी सबै भवनहरूमा पूर्ण रूपमा क्षति भएको छ।

प्रदर्शनकारीहरूले सुनवल नगरपालिकाका उपमेयर सूर्य दुवे, नगरपालिकामा कार्यरत कर्मचारी सव ईन्जिनियर रेसम शर्मा, एमाले नेता थान प्रसाद गैरे, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण प्रसाद कलवार, पूर्व मन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको घरमा आगजनी तथा तोडफोड गरेका छन्। सो क्रममा सुस्ताका अध्यक्ष उपाध्यायको निजी गाडीमा पनि आगजनी गरिएको छ।

बर्दिया

प्रदर्शनकारीहरूको आगजनी र तोडफोडमा अरू जिल्लाहरू जस्तो बर्दियामा ठुलो क्षति भएको छैन। बर्दियामा नेपाली काँग्रेसका नेता एवं सङ्घीय सांसद सञ्जय कुमार गौतमको गुलरियामा रहेको घरमा र गुलरिया नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ। त्यस्तै बङ्गलामुखी स्थित नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयका भवनमा क्षति नभए पनि सामान बाहिर ल्याएर जलाइएको छ। त्यस्तै गुलरिया ६ स्थित गणेशमान सिंहको सालिक तोडफोड गरिएको छ।अर्घाखाँची

अर्घाखाँचीमा सरकारी कार्यालय, पार्टी कार्यालय र निजी गरी १० वटा भवनमा आगजनी र तोडफोड गरिएको छ। अर्घाखाँचीमा चार वटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालय र एउटा निजी भवनमा आगजनी र तोडफोड भएको हो।

प्रहरीका अनुसार प्रदर्शनकारीहरूले अर्घाखाँचीमा मुख्यमन्त्री चेत नारायण आचार्यको सन्धिखर्क मा रहेको घरमा आगजनी गरी ध्वस्त पारेका छन्।त्यस्तै जिल्ला समन्वय समितिको कार्यालय, सन्धिखर्क नगरपालिका, सन्धिखर्क वडा नं. १ र वडा नं. २ को कार्यालयमा तोडफोड भएको छ।

प्रदर्शनकारीहरूले सन्धिखर्क मा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा, रास्वपा र राष्ट्रिय जनमोर्चाका कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन्। नेपाली काँग्रेस र एमालेका कार्यालयका भवनमा आगो लगाएका प्रदर्शनकारीहरूले राप्रपा, रास्वपा र राष्ट्रिय जनमोर्चाका कार्यालयबाट भने कागजात बाहिर ल्याएर जलाएका थिए

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर