spot_img

रुपन्देहीको गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्यु

गैडातालमा पौडी खेल्दा दुई युवकको मृत्युरुपन्देहीको गैडहवा गाउँपालिका–१ असिधवाका दुई युवक गैडातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका छन्। इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार मृत्यु हुनेमा १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु रहेका छन्।

प्रहरीका अनुसार दिउँसो करिब ४:१० बजेतिर दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए। तर, दुबैजनाले ज्यान गुमाएका छन्। उनीहरू बिहान करिब ११ बजे घरबाट गैडाताल घुम्न निस्किएका थिए।

मृतकहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भिम अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरू गैडातालमा घुम्न आउने संख्या उल्लेख्य रूपमा बढेको भए पनि सुरक्षा व्यवस्थामा पर्याप्त ध्यान नदिइएको स्थानीयवासीले बताएका छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर