विपिन जोशीको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीबाट श्रद्धान्जली अर्पणइजरायलमा मारिएका कञ्चनपुरका युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
स्वर्गीय जोशीको शवलाई प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेकी छिन् । यस्तै मन्त्रीहरु, सरकारी उच्च अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरुले पनि जोशीको शवमा माल्यापर्ण गरेका छन् । नेपालका लागि इजरायली राजदूतले पनि जोशीलाई श्रद्धान्जली दिएका छन् ।उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकामा रहेको उनको घरमा लगिने भएको छ । त्यसपछि उनको अन्तिम दाह संस्कार गरिने ।अध्ययनका लागि इजरायल पुगेका विपिन जोशीलाई गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचबाट उक्त शव विपिनकै भएको प्रमाणित भएको थियो ।
विपिनको शव नेपाल पठाउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।



