spot_img

कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको गएराती निधन भएको छ ।उपचारको क्रममा आज बिहान २ बजेर ५८ मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। बम बिस्फोट सम्बन्धि मुद्दामा उच्च अदालतले सफाइ दिएपछि जेठ १४ मा अदालतबाट रिहा भएपछि उनी बिरामी भएका थिए । पारिवारिक स्राेतका अनुसार उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । उपचारकै क्रममा उनकाे निधन भएकाे हाे ।

२०६४ को चुनावी तयारीको क्रममा रौतहटमा बम बिस्फोटमा घाइते भएकोहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको उनलाई आरोप थियो । उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि गत जेठमा उनी थुनामुक्त भएका थिए

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर