spot_img

बुटवल देखि काठमाडौ जाँदै गरेको कार दुर्घटना बुवाको मृत्यु छोरा घाइते

बुटवलदेखि काठमाडौ जाँदै गरेको कार दुर्घटना, अर्घाखाँचीका एक पुरुषले गुमाए ज्याननवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा परि अर्घाखाँचीको धातिवाङ ८ का मणिराम पौडेलको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका पौडेललाई तत्काल उद्धार गरी उपचारको लागि नजिकैको पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएकोमा अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा परि कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन्। मृतक मणिराम हरिसचन्द्रका बुवा हुन्। प्रहरीका अनुसार बाबु छोरा भएर अर्घाखाँचीबाट काठमाडौं जाँदै थिए। इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले घटनास्थलको प्रकृतिलाई हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भई कार पुलदेखि तल खोलामा खसेको हुनसक्ने बताए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर