spot_img

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन पौष बाट सन्चालनमा आउने

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ करोड लागतमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ ।

अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ जडानमा नेपाली प्राविधिक र चाइनाका प्राबिधिकले काम गरिरहेका छ्न जडान गर्ने प्राविधिकले जडान कार्य मंसिर १८ देखि २० गते सम्म लाग्न सक्ने बताए ।

मेसिन जडान गरी आगामी पौष महिना बाट सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल मेसु डाक्टर इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन हुदा यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताए अहिले सरकारले बिमा समेत सरकारी अस्पतालमा मात्र लागू गरेसी लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको संख्या तेब्बर बढेको देखिन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर