सरकारले लुम्बिनी बिकास कोको सदस्य सचिव नियुक्त गरेको छ । आज शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले गोर्खाका दीपक श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको छ । ५ बर्षे कार्यकालका लागि कोषको सदस्य सचिवमा श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा सुचना प्रबिधि तथा सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । सदस्य सचिवमा नियुक्त श्रेष्ठ पेशाले ईन्जिनियर हुनुहुन्छ । २० बर्षदेखि ईन्जीनियर सेवामा कार्यरत श्रेष्ठको व्यवस्थापनमा समेत राम्रो दख्खल राख्खल रहेको छ ।



