गुल्मीको मुसिकोट नगरपालिका वडा न १ का कार्तिक २८ गते विगत एक हप्ता देखि हराईरहेका पौदीअमराई बगाहका ४७ वर्षीय बोमबहादुर खत्रीको शव भेटिएको प्रहरीले बताएको छ उहाँ घरमा एक्लै रहेको र घरपरिवार भारतमा रहेको बताईएको छ । स्थानीय र आफन्त नेपाल प्रहरीले एक हप्ता देखि खोजी गरिरहेको थियोे ।
सव भएको जानकारी शुक्रवार राती जानकारी भएनी शनिवार बिहानै देखि स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भीरमा अड्किएको अवस्थामा सव भेटिएको हो सब बडिगाड खोलाको माथिपटी अफ्ठारो भिरमा भएकोले सव झिक्न मस्किल परेको थियोे शस्त्र प्रहरीको सहयोगमा सव निकालिएको हो सबको टाउकोमा चोट लागेको र सब सडि सकेको अबस्थामा फेला परेको बताईएको छ ।

सशस्त्र प्रहरी बल गुल्मीले भीरमा अड्किएको शव निकालेको हो
खत्री को के कति कारणले मृत्यु भयो यश बारेमा जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो अहिले सव आफन्त लाई जिम्मा लगाईएको छ ।
शव अड्किएको ठाउँबाट तल बडिगाढ खोला र खोलामाथि भीर भएका कारण शव निकाल्न समस्या परेको थियो ।



