spot_img

बागलुङको बडिगाड गाउँपालिका-५, दाँगमा आगलागी एक जना घाईते लाखौंको क्षति

बडिगाडको एक घरमा आगलागी हुँदा एक जना घाईते, ७ लाख बढिको क्षति !
राम प्रसाद घिमिरे
बागलुङ,

बागलुङको बडिगाड गाउँपालिका-५, दाँगमा आगलागीका कारण एक जना घाईते भएका छन भने लाखौंको क्षति भएको छ |
गाउँपालिका-५, दाँग डाँडखर्क निवासी चन्दन घर्तिको घरमा आगलागी हुँदा एक जना घाईते भएका हुन |

बडिगाड गाउँपालिका ५ दाँगमा आइतबार बिहान आगलागी हुँदा एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
दाँग डाँडखर्क देबिराम घिमिरेको घरमा अदिया गरी बस्ने बडिगाड-७ टुनिबोटका चन्दन घर्तीको दुई तले गोठमा बिहान अन्दाजी ४:३० बजेको समयमा पानि तताउने क्रममा एक्कासी आगलागी भएको जनाएको छ ।
आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन्। घाइतलाई उपचारका लागि गलकोट नगर अस्पतालमा पठाईएको छ |

आगलागीबाट ५ वटा बोका ४ वटा बाख्रा आगोमा परी जलेका छन भने २ वटा भैंसी घाईते भएका छन | आगलागीका कारण ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागी खार प्रहरी चौकीलाई खबर गरिएको छ |
अदिया गरी बस्ने निम्म बर्गिए घर्ती परिवारमा आगोलागीका कारण झनै बज्रपात परेको छ |

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर