spot_img

सार्वभौम नागरिक पार्टी’ ले पायो २१९ दर्ता, प्रमाणपत्र

‘सार्वभौम नागरिक पार्टी’ ले पायो २१९ दर्ता, प्रमाणपत्र

काठमाडौँ — राजनीतिक बिश्लेसक गणेश कुमार मण्डलको अध्यक्षतामा ‘सार्वभौम नागरिक पार्टी’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा दर्ता भएको छ। दल दर्ता सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायबाट पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।

पार्टीका अध्यक्ष गणेश कुमार मण्डलले दर्ता प्रमाणपत्र हात प्राप्त गरे पछि मध्यम मार्गी धारको पहिलो दल भएको बताएका छन। यो तेश्रो पुस्ताको डेमोक्रेसी हो, जहाँ जनता बाट नागरिक बनाउने तन्त्र नै नागरिक तन्त्र हो। आयोगमा दर्ता भएका प्राय सबै दल लेफ्ट/राईट आईडोलिजी मा आधारित छन। हामी एक्लो पार्टी हो । राष्ट्रिय राजनीति र नागरिक अधिकारको संरक्षणतर्फ नयाँ विकल्पको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार दलले आगामी दिनमा नागरिक स्वतन्त्रता, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको छ। सार्बभौम नागरिक पार्टी गठन गरिएको मुख्य कारण देशलाई दलतन्त्रको विभाजन, भ्रष्टाचार, भागबण्डा र अस्थिरताबाट मुक्त गरेर नागरिकतन्त्र केन्द्रित शासन व्यवस्था स्थापना गर्न। दशकौँदेखि दलहरूले देश कब्जा गरे तर नागरिक केवल मतदाता बने—निर्णयकर्त्ता बन्न पाएनन्। यही अन्याय अन्त्य गरेर
सत्ता नागरिकमा फिर्ता ल्याउने
ऐतिहासिक अभियानका रूपमा यो पार्टी जन्मिएको बताए ।

दल दर्ता निर्माण जुटेका नेपाल मगर युवा संघका केन्द्रीय महासचिव रहेका युवा नेता राम अस्लामी मगर (रोशन) दोश्रो तहमा रहेकाछन। उनले पाल्पा क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने बताएकाछन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर