रोल्पामा ट्रक दुर्घटनाः दुई जना घाईते
खबर, मंसिर ११

रोल्पाको त्रिवेणी २ भाङ्गोबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ । दुईखोलीतर्फ जाँदै गरेको ना १ क ३०५२ नम्बरको ट्रक सहिदमार्गअन्तर्गत भाङ्गोबारी भन्ने स्थानमा दुर्घटना भएको हो ।
चालक हेटौडा नगरपालिका–१३ का विवेक सिंह तामाङले रहेको बताईएको छ । उहाँ सँग सवार त्रिवेणी–७ का केशर वि.क रहेको बताईएको छ ।
दुर्घटनामा चालक तामाङ र उहाँसँग सवार वि.क सामान्य घाइते भएको प्रहरी जनाएको छ । घाइते दुवैको स्वास्थ्य चौकी नुवागाउँमा उपचारको लागी पठाइएको प्रहरीले जानकारी दिएको छ ।



