जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहिमा हालै सरुवा भएर आउनु भएका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्किले बिहिबार सिद्वार्थनगर नगरपालिका नगर प्रमुख एबम सविधानसभा सदस्य इश्तियाक अहमद खानसग भेट गरि यस क्षेत्रको ट्राफिक ब्यवस्थापनको बारेमा सुझाव लिनुभएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, प्रसासन महासाखा प्रमुख देव ज्ञवाली लगायत सहभागी भेटमा नगर प्रमुख खानले प्रहरी निरीक्षक थापालाई भैरहवामा स्वागत गर्दै बिगत देखि नगरपालिका र ट्राफिक प्रहरी बिच समन्ययात्मक सम्बन्ध रहेको स्मरण गराउदै सिद्वार्थनगर जिल्लाको सदरमुकाम, देसैकै ठूलो भन्सार नाका, अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेकोले यहाँको ट्राफिक ब्यवस्थापनमा चनाखो भएर लाग्न आग्रह गर्नुभयो । नगरमा ट्राफिक ब्यवस्थापनका विषयमा भएका गुनासा र समस्या बारे जानकारी गराउदै नगर प्रमुख खानले ट्राफिक ब्यवस्थापन गुनासो नआउने र प्रभावकारी बनाउन समेत आग्रह गर्नुभयो । भेटमा प्रहरी निरीक्षक कार्किले नगरपालिकासँग निरन्तर समन्वय र सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
#NepalPolice #Siddharthnagar #Bhairahawa
ट्राफिक प्रमुख लाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाट स्वागत
प्रतिक्रिया



