पश्चिम बाग्लुङ बडिगाड गाउँपालिका खार बजार त्यो क्षेत्रको पुरानो बजार हो त्यही बजार को नजिकै खेतमा रहेको धान काटेसी जडन धान को न्वागी खाने चलन रहेको छ त्यो समयमा सुन्तला जेरि अन्य विभिन्न खान संगै खुल्ला भलिबल खेल खेलाउने चलन त्यहाको पुरानो पर्व को रूपमा लिने गर्दछन पौंदेलीको न्वागी, ऐतिहासिक मौलिक संस्कृति ,पौँदेलीहरुले धार्मिक विधि विधान अनुसार विष्णु भगवानलाई चढाएपछी न्वागी ग्रहण गरेर न्वागी पर्वको शुभारम्भ गर्ने गर्दछन । न्वागी खाने पौंदेलीहरुको पहिलेदेखी चलिआएको धार्मिक एवं साँस्कृतिक परम्परा हो न्वागी मेला पौंदेलीहरुको मौलिक चाड हो ।
बागलुङको साविक ग्वालीचौर गाविस र गुल्मी मुसीकोट नगरपालिका अन्तर्गत पर्ने पौंदी अमराई, नेटा, ईस्मा पौंदी क्षेत्रमा पर्छन् । पौंदी क्षेत्रमा न्वागी मेला मनाउने दुई वटा कारण रहेको स्थानीय पौंदी न्वागी बडिगाड—५ ग्वालीचौरका मेला अध्यक्ष कृष्ण बहादुर घिमिरले बताए ।न्वागी मेला बडिगाडको पनि ईतिहाँस र पहिचानसंग जोडिएको उनको भनाई छ । ‘न्वागी मेला भनेर धेरै ठाउँमा ग्वालीचौर परिचित छ,’ उनले भने,‘यसको थप प्रचार प्रसार गर्ने र न्वागीसंगै यहाँका विभीन्न क्षेत्रको बारेमा जानकारी गराएर पर्यटन प्रवद्र्धन र विकास गर्न सके यसबाट बडिगाड गाउँपालिकाले निकै ठूलो लाभ लिन सक्ने र बडिगाढ ५ मा रहेका धार्मिक एतिहाँसिक थानपती मन्दिर चमेरे गुफा अदुवाबारी शिव मन्दिर लगाएत पालिका का धार्मिक ठाउँ हरुको प्रचारप्रसार हुन सके बडिगाढ नाम उच्च हुने र न्वागीको अवसरमा विविध सांस्कृतिक र खेलकुदका कार्यक्रम सहित बडिगाडमा मंसिर एक गते देखि न्वागी मेलाको आयोजना गरिएको थियोे।
अध्यक्ष घिमिरेले हामीले परम्पराहरु जोगाउनका लागि भनेर केही प्रयासहरु गरेका छौं न्वागीलाई पौंदेलीहरुको पहिचानको रुपमा लिन्छन । जर्डन धानको चामललाई, दही, केरा, सिलाम, चिनी, मह लगायतका वस्तुलाई मिसाएर तयार पारिएको न्वागीलाई पौदीबासीहरुले विधिवत रुपमा शुभसाइत जुराएर आ–आफ्ना नातागोता, इष्टमित्र र आफन्तजनहरु बोलाएर न्वागी खाने चलन रहेको बताए ।
पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजना खारबजारमा मंसिर १ गते देखि १० गते सम्म चल्ने मेलामा खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियोे । मेलामा खुल्ला पुरुष भलिवल सहित खुल्ला लोक भजन, डान्स , खुल्ला समुहगत रेकर्ड डान्स, सोरठी भैलो, नौमति बाजा लगाएतका प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियोे ।धेरै समयपूर्व देखि हरेक वर्ष न्वागी पर्वको अवसर पारेर विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु, कृषि मेला आदि सञ्चालन हुने पौंदी न्वागी मेला सँस्कृति, व्यापार, पर्यटन र आत्मीयजनको भेटघाट गराउने अपूर्व मेलाको रुपमा पुस्तापुस्तामा हस्तान्तरित हुदै आइरहेको छ । पौंदी न्वागी मेला पौंदी क्षेत्रको भव्य, विशिष्ट, ऐतिहासिक र साँस्कृतिक मेला हो । यसको संरक्षण र संवर्द्धनमा जुट्नु पौदेलीहरूको कर्तव्य, जिम्मेवारी र दायित्व हो ।परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् ।

मेलाको अवसरमा पुरुष भलिबल प्रतियोगितामा भलिबल प्रतियोगितामा प्रथम फाईनल पूरूष भलिबल पिरामिड कन्ट्रक्सन हङ्कङ् हुने टीमलाई २ लाख ११ हजार दोस्रो फाईनल पूरूष भलिबल : बलाल परिवार हङ्कङ् स्थान हासिल गर्ने टीमलाई १ लाख ११ हजार पुरस्कार मेडल प्रमाणपत्र सहित प्रदान गरिएको वडा अध्यक्ष बिष्णु आचार्यले जानकारी दिए ।बिदागत तर्फ बेस्ट कोच – सुर्य थापा – पिरामिड
बेस्ट सर्भर – रबिन नगरकोटी – बलाल
बेस्ट बलकर – यम छेत्री – पिरामिड
बेस्ट सेटर – सुवास कुवर – पिरामिड
बेस्ट डिफेन्डर – राजन दर्लामी – पिरामिड
बेस्ट इस्पाइकर – रेसम बिक – बलाल
बेस्ट प्यलेयर – सन्जु बिक्रम साह – पिरामिड ले पुरस्कार पाएका थिए वडास्तरीय पुरुष भलिबल प्रतियोगीतासगैं, खुल्ला वडास्तरीय प्रौढ (भेट्रान्स) भलिवल, एकल रेकर्ड डान्स, सरायँनाच प्रतियोगिता, नौमती बाजामा आमा समुहगत नृत्य,सोरठी भैलो, समुहगत रेकर्ड नृत्य प्रतियोगिता,लुठो तान प्रतियोगिता सँगै मेलालाई रोचक बनाउन जीवनसाथी बोकेर दौडने प्रतियोगिता र हाँस छोपाईँ लगायतका प्रतियोगिता एवं मेलामा विद्यालयलाई पनि जोड्नको लागि विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका साथमा स्थानीय रुपमा उत्पादित कृषि उपजहरुको बृहत प्रर्दशनीसँगै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुतीको साथमा विशष सिंगारु र मयुर नाँचसहित विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको सचिव आचार्यले बताउनुभयो । साथै मौलिक लोक भजन तथा नृत्य प्रतियोगितासमृत हुनेछ ।



