मंसिर । नेपाल प्रथमसहित मणिमुकुन्द कलेज बुटवलले २०८२ सालमा एमबीबीएससहितका विषय अध्ययनका लागि लिइएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १३ जना विद्यार्थीहरूलाई सम्मान गरी बुटवल र रुपन्देही जिल्लाव्यापी र्याली गरेको छ ।
पूर्ण छात्रवृत्ति पाएका १३ जनामध्ये ५ जनाले एमबीबीएसमा, २ जनाले बीएस्सी एमएलटीमा, ३ जनाले बी फार्मामा, एकजनाले ब्याचलर अफ आयुर्वेद मेडिसिन साइन्समा, एकजनाले पब्लिक हेल्थमा, एकजनाले भेटेनरी साइन्समा र एकजनाले इन्जिनियरिङमा नाम निकाल्न सफल भएका छन् । एउटै कलेजका १३ विद्यार्थीले एकै वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनु उत्कृष्ट शैक्षिक संस्था हुनुको नतिजा र ऐतिहासिक सफलता भएको कलेजले भनेको छ ।

कलेज प्रांगणमा विद्यार्थीलाई सम्मान गरी सुरु भएको बाजागाजासहितको र्याली बुटबल नगर परिक्रमा गरी मोतिपुर, सेमलार, मुर्गिया, फर्साटिकर, मणिग्राम, भैरहवा हुँदै कलेजमा पुगेर सम्पन्न भएको थियो ।
मणिमुकुन्द कलेजका विद्यार्थीहरुले यस वर्ष बी फार्मेसी, बिपिएच र भेटेनरी साइन्समा नेपाल प्रथम, फुड टेक्नोलोजीमा नेपाल दोस्रो, इन्जिनियरिङमा छात्रातर्फ नेपाल पाँचौँ र एमबिबिएसतर्फ लुम्बिनी प्रदेश प्रथम स्थान प्राप्त गरेका छन् ।



