spot_img

लुम्बिनी साँस्कृतिक नगरपालिका नयाँ प्रशासकीय भवन को शिलान्यास २ बर्षमा सम्पन्न हुने

लुम्बिनी साँस्कृतिक वडा न ३ लंकापुर ठूलो पडरियाको नजिकै नगरपालिकाकामा नया प्रशासनिल भवनको शिलान्यास गरिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली वडा अध्यक्ष निवर्तमान जनप्रतिनिधि समाज सेवि कर्मचारीको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको समन्वय शाखा एवं आयोजना ईकाई प्रमुख तुल्सिराम लामिछानेले बताउनु भयो हो ।

कार्यक्रममा कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागि पहल भएको बताउदै प्रशासनिक भवन निर्माण सुरुवात भएकोमा उहाँ र नगर बाँसिको सपना पूरा भएको बताउनु भयो ।
२०७४मा निर्वाचित जनप्रतिनिधि पटकपटक प्रयास गर्दा पनि भवन बन्न सकेको थिएन अहिले भाडमा नगरपालिका सन्चालन हुँदै आएको छ २ वर्ष भित्रमा प्रशासनिक भवन सक्ने गरि वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको बताईएको छ प्रशासकीय अधिकृत तारा ज्ञवालिले तोकिएको समयमा प्रशासनिक भवन बन्नेमा आफुर नगर बासी आसाबादी रहेको र कन्ट्याक्ट बाबूल एनभी जेभी निर्माणले भवन निर्माण सम्पन्न गर्ने ठेक्का पाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर