हरैया बहुमुखी क्याम्पसको १९ औँ साधारण सभा सम्पन्न
रूपन्देहीको कञ्चनमा सञ्चालित हरैया बहुमुखी क्याम्पसको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हरैया बहुमुखी क्याम्पस कञ्चनको ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास गर्न सबैको भूमिका उल्लेख्य हुने बताउनु भयो। यस क्याम्पसका प्राध्यापक र विद्यार्थीहरूले आफूले अध्ययन अध्यापन गर्ने विषयवस्तुमा अनुसन्धानत्मक अध्ययन अध्यापन गर्नु गराउनु पर्नेमा जोड दिँदै अध्यक्ष ढकाले क्याम्पसमा सङ्ख्यासँगसँगै उच्च शिक्षाको गुणस्तरमा समेत क्याम्पसको विशेष जोड दिनुपर्ने बताउनुभयो।
कञ्चन गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले कञ्चनको गरिमाको रूपमा सञ्चालित हरैया बहुमुखी क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक विकासका लागि कञ्चन, गैडहवा, लुम्बिनी, सैनामैना, कपिलवस्तु लगायत सुभेच्छुकहरूका अर्थक मेहनत सहयोग र सहकार्य अतुलनीय योगदान भएको बताउनुभयो।
कार्यक्रममा कार्यपालिका सदस्य चित्रलाल तुलाचन, वडा नं ४ का निवर्तमान वडा अध्यक्ष दुर्गासिंह क्षेत्री, भानुभक्त भण्डारी, लेखनाथ पौडेल, क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चुडामणि शर्मा, दिननाथ आचार्य, मोहम्मद इस्लाम, एमा बेलबासे मेघनाथ शर्मा, दीपक पौडेल भुवनकुमार गौतम लगायतले हरैया बहुमुखी क्याम्पसमा समानुकूल र विद्यार्थीका मागअनुसार थप शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गर्नुपर्ने क्याम्पसका भौतिक पूर्वाधार विकासलाई स्थानीय प्रदेश र केन्द्रीय सरकारसँगको सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै क्याम्पसले छिटो नै शैक्षिक गुणस्तर सुनाश्चता मान्यता क्युएए पाउने र यस क्षेत्रको गरिमा बढाउने विश्वास व्यक्त गरेका थिए।
करिब ४०० भन्दा बढी क्याम्पस सभा सदस्य रहेको हरैया बहुमुखी क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयबाट सम्बोधन लि बिबिए बिसिए र बीआइसिटी क्याम्पसमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो। यस्तै क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यताको अन्तिम तयारी रहेको उल्लेख गर्दै क्याम्पसमा थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयको मापदण्ड अनुरुप पुरा गर्न तत्काल भौतिक पूर्वाधार निर्माण आवश्यक रहेको क्याम्पस प्रमुख प्रकाश खनालले बताउनुभयो।
हरैया बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष पुष्पराज शर्माले स्वागत गर्नुभएको थियो यस्तै क्याम्पसको सभाहलमा सम्पन्न सभामा नयाँ क्याम्पस सभा सदस्य र क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो भने कपिलमणि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उक्त क्याम्पसमा शिक्षाशास्त्र र व्यवस्थापन शास्त्रमा अध्ययन अध्यापन हुँदै आएको छ भने करिब ७०० भन्दा बढी विद्यार्थी रहेका छन्।
हरैया बहुमुखी क्याम्पसको १९ औँ साधारण सभा सम्पन्न रूपन्देहीको कञ्चनमा सञ्चालित हरैया बहुमुखी क्याम्पसको १९ औ वार्षिक साधारण सभा सम्पन्न
प्रतिक्रिया



