spot_img

बुटवल ४ लक्ष्मी माध्यमिक विद्यालय आयोजना गरेको श्रीमद्भागवत सत्संग एवं धार्मिक महोत्सवको समुद्घाटन

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ लक्ष्मी माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको श्रीमद्भागवत सत्संग एवं धार्मिक महोत्सवको शनिबार समुद्घाटन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि बुटवल – १२ मुक्तिनाथ धामका संरक्षक १००८ श्री स्वामी लोकानन्द जी महाराजले समुद्घाटन गर्दै मानिसको अन्तर आत्मले चाहेको भगवानले पुर्याउने विश्वास व्यक्त गर्दै मानिसको वरिपरि १० दिशामा भगवान बसेर कृपा गरिरहको बताए । उनले बिद्यालयमा राष्टिय गान पछि हनुमान चालिसा वाचन गर्ने परम्परा बसाल्न सके बिद्यार्थीहरुमा धार्मिक आस्था बढ्न सक्ने बताए । मानिस धार्मिक आध्यात्मिक हुन सके सबैप्रति प्रेमभाव प्रकट हुने र रिस, राग, द्धेष नरहने बताउँदै स्वामी लोकानन्दले हरेक दिन हनुमान चालिसा वाचन गर्न सबैलाई आग्रह गर्दै सबै मानिसमा प्रेमभाव प्रकट हुन सके इश्वरको साक्षतकार दर्शन मिल्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विद्यालयको भौतिक विकासका लागि स्थानीय सरकारको बढी दायित्व हुने बताउँदै समुदाय अभिभावकले पनि साथ दिन अनुरोध गरे । उनले बुटवललाई शिक्षाको हव बनाउने बिषयमा लक्ष्मी मावि छुट्न नहुने बताउँदै विद्यालयको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

अर्का प्रदेश सभा सदस्य विष्णु पन्थीले दान भन्दा ठूलो धर्म अरु नभएको बताउँदै विद्यालयको विकासका लागि सबै बुटवलबासीलाई सहयोग गर्न आग्रह गरे । पन्थीले बिद्यालय जस्तो पवित्र ठाउँमा महायज्ञ आयोजना गर्नु पुण्य काम भएको बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले विद्यालयलाई प्रविधियुक्त बनाउन बिद्यालयको सम्पूर्ण विकास आवश्यक रहेको बताए । दक्ष जनशक्ति, भौतिक विकास लक्ष्मी माविको आजको आवश्यकता रहेको बताउदै प्रमुख पाण्डेले प्रदेश सरकार र संघिय सरकाले पनि सहयोग गर्नुपर्ने बताए । स्थानिय सरकारका हिसाबले लक्ष्मी माविलाई सक्दो बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बुटवलको शैक्षिक विकासका लागि संचारमाध्ययमको पूर्ण साथ रहेको बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले लक्ष्मी माविमा अध्ययन गरेका विद्यार्थी सफल उद्योगी बनेर निस्किने वातावरणका साथ अध्यापन गराउनुपर्ने बताए । विद्यालयका प्राधानाध्यापक शान्ति शर्माले शैक्षिक क्षेत्रमा प्रविधिले फड्को मारेको अवस्थामा धेरैजसो मजदुरी गरेर जिविकोपार्जन गर्ने अभिभावकका छोराछोरी अध्ययन गर्ने विद्यालयको विकास गरी युग सुहाउँदो शिक्षा प्रदान गर्न आर्थिक अभाव भएपछि महायज्ञ आयोजना गरिएको बताइन् ।

महायज्ञ मूल समारोह समिति आािर्थक संयोजक तथा वडा नं. ४ का निवर्तमान अध्यक्ष टंकप्रसाद पराजुलीले महायज्ञबाट ३ देखि ४ करोड रुपैया संकलन हुने अपेक्षा राखेको बताउँदै उक्त रकम बिद्यालयको विकासका लागि खर्च गरिने जानकारी दिए । उनले शैक्षिक महोत्सव आयोजनाका लागि बुटवलवासीको दरिलो साथ रहेको बताउँदै सबैलाई महायज्ञमा सहभागी हुन आग्रह गरे । पराजुलीले महायज्ञ सफल बनाउन २ सय ५१ सदस्यीय मूल समिति, ११ सदस्यीय सचिवालय समिति गठन गरेको जानकारी दिदै महायज्ञमा दान दिने महानुभावलाई विभिन्न १५ प्रकारका सम्मान कार्यक्रम राखिएको बताए ।

बुटवल – ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले महायज्ञले विद्यालयको उन्नयनमा विशेष योगदान पुग्ने हुँदा सबै क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त हुनेमा आफू विस्वस्त रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षाको उन्नयन, सामाजिक, धार्मिक तथा आर्थिक पक्षलाई बलियो बनाउन धार्मिक महोत्सव आयोजना गरिएको बताउँदै शिक्षा जस्तो पवित्र ठाउँमा एकपटक आएर कथावाचन श्रवण गरी सक्दो सहयोग गर्न बुटवल बासीलाई अनुरोध गरिन् । महायज्ञमा दैनिक सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्लेको मुखारविन्दुबाट दिव्य संगीतमय श्रीमद्भागवत कथावाचन हुनेछ । महोत्सव अवधिभर दैनिकरुपमा बिहान ७ बजे यज्ञ मण्डप पूजा, बिहान ८ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, चण्डीपाठ, वेदपाठ पारायण हुनेछ । त्यस्तैगरी दिउँसो ४ बजेपछि टीका प्रसाद ग्रहण, साँझ ६ बजेदेखि श्रृङ्गारिक महाआरती हुनेछ ।सोही अवसरमा धर्म, शिक्षा र समाज उत्थानमा योगदान गर्ने महानुभावहरुलाई विशेष सम्मान समेत गरिनेछ । बुटवलकै गहना र पर्यटकीय गन्तव्यका रुपमा परिचित बुटवल – ४ स्थित लक्ष्मी माध्यमिक विद्यालय २०३७ सालमा स्थापना भएको हो । विद्यालयले पहिलो पटक महायज्ञ गर्न लागेको हो । महायज्ञमा करिब १२ लाख खर्च हुने र ४ करोडको संकलन हुने अनुमान गरिएको छ । उक्त विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट २ सय १६ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा निमन्त्रणा समितिका संयोजक नारायणप्रसाद नागिला, कलशयात्रा संयोजक अम्बिका पौडेल क्षेत्री, बिद्यालयका शिक्षक बिनोद बेल्बासेलगायतले महायज

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर